Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राष्ट्पतिद्धारा प्रधानमन्त्रि कोईरालालाई सात वुंदे शुझाव

काठमाडौं, २९ माघ। राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई सातबुँदे सुझाव दिएका छन् ।  बुधबार शीतल निवासमा भएको भेटवार्तामा  राष्ट्रपतिले कोइरालाको कार्यकालको सफलताको कामना गर्दै सातबुँदे सुझाव दिएको राष्ट्रपतिको कार्यायलले जनाएको छ ।

राष्ट्रपतिले एक वर्षभित्र संविधान जारी गर्ने दलहरुको प्रतिवद्धतालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् । संविधान निर्माण र सरकार संचलनमा सकेसम्म सबै शक्तिलाई विश्वासमा लिन र सहमतिका आधारमा सरकार संचालन गर्न सक्दो प्रयास गर्ने विश्वास समेत राष्ट्रपतिले व्यक्त गरेका छन् ।

पहिलो संविधानसभा विघटन भएपछि अवरुद्ध कामहरु न्यायलय र संवैधानिक निकायका पदाधिकारी नियुत्ति छिटो गर्न र राज्यका अंगहरुको आपसी मर्यादा कायम गर्नेतर्फ ध्यान दिन आग्रह समेत राष्ट्रपतिले गरेको छन्। शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, महंगी नियन्त्रणका उपायहरु अवलम्बन गर्न समेत राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

0 comments

तपाईंको प्रतिकृया