एसएलसीका लागि १८ सय ३६ परीक्षा केन्द्र
भक्तपुर,६ फागुन (रासस)। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसवर्षको एसएलसी (प्रवेशिका) परीक्षाका लागि देशभर एक हजार ८ सय ३६ वटा परीक्षा केन्द्र कायम गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रहृलाद अर्यालका अनुसार गतवर्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यसवर्ष देशभरबाट होम सेन्टर हटाएको छ ।
एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकेर उपत्यका बाहेकका जिल्लाहरुमा प्रश्नपत्र पठाइएको छ । अर्यालले भने-’एसएलसी परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्री उपत्यका बाहेकका जिल्लाहरुमा पठाइएको छ ।’ आगामी चैत ६ देखि १४ गतेसम्म हुने परीक्षामा पाँच लाख ६६ हजार परीक्षार्थीको सहभागिता रहने अर्यालले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया