Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सगरमाथाको वार्षिकोत्सव

बुटवल, २५ माघ । रुपन्देहीको देवदह स्थित सगरमाथा आवासिय उच्च माविले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले मुलुकमा शैक्षिक जनशक्ति उत्पादनमा  संस्थागत विद्यालयले ठुलो भुमिका खेलेको उल्लेख गर्दै  सामुदायि विद्यालय गुणस्तरीय शिक्षाका सवालमा योजना बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका प्रमुख सुभाष पन्त, स्रोत व्यक्ति दुर्गादत्त शर्मा आचार्य, प्राध्यापक गिरिराज विक्रम खड्का, केरवानी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरी, युगज्योती माविका बासुदेव रिमाल, देवदह इङ्गलिस बोडिङ्ग स्कुलका प्रिन्सिपल बिष्णु पौडेल, अधिवक्ता लिलाधर मरासिनी, अभिभावक शिव ढकाल, शिक्षक लेखनाथ काफ्ले, पत्रकार यम राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सस्थापक प्राचार्य कृष्ण पौडेलले विद्यार्थीको शैक्षिक, बौद्धिक तथा शारिरिक विकासका लागि गुणस्तरिय शैक्षिक योजना तर्जुमा तथा अतिरिक्त कृयाकलापका विशेष जोड दिने जानकारी दिए ।
सो अवसरमा गत वर्षको प्रवेशिका परिक्षामा विशिष्ट श्रेणिमा उत्तिर्ण भएका १० विद्यार्थीलाई स्वर्ण पदकले सम्मान तथा शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन शिक्षक प्रदिप अधिकारीले गरेका थिए ।
वि सं २०५१ मा स्थापन भएको उक्त उमाविमा विद्यालय ११ सय ४० जना विद्यार्थीहरु अध्ययरत रहेका छन ।

0 comments

तपाईंको प्रतिकृया