Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अपडेट : विमान ढिकुरा मसिनेलेकमा दुर्घटना

बुटवल ५ फागुन। नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा गाविसको ८ मसिनेलेकमा दुर्घटना भएको भेटिएको छ ।  त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना आशंका गरेका थिए ।
सोमबार विहान नेपाली सेनाको हेलिकोप्टरले विमान देखेपछि उद्दार टोली पुगेको थियो ।दुर्घटनास्थल करिब सात हजार फिट उचाईमा रहेको नेपाली सेनाले जनाएको छ ।  विमानको ब्ल्याकबक्स भेटिएको छ । डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको विमानका टुक्रा र मृतकको शवका टुक्रा २र३ सय मिटर वरपर भेटिएका छन् ।
स्थानीयबासीले सोमबार विहान मसिनेलेकमा विमान दुर्घटना भएको खबर गरेपछि प्रहरी टोली गएको थियो । पोखराबाट जुम्लाका लागि उडेको नेवानिको नाइन एन एवीवी ट्वीनअटर जहाज दुघर्टना हुँदा त्यसमा सवार एक बालकसहित १८ जनाको मृत्यु भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया