सभामुखद्धारा पदभार ग्रहण
भन्छन –तोकिएकै समयमा संविधान बन्छ
काठमाडौं ७ फागुन । नवनिर्वाचित सभामुख सुवासचन्द्र नेम्वाङले बुधबार राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका छन ।
बुधबार दिउँसो सिंहदरवारदस्थित सभामुखको कार्यालय पुगेर नेम्वाङ पदभार ग्रहण गरेका हुन् । शीतलनिवासमा राष्ट्रपति डा। रामवरण यादव समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै नेम्वाङ सिहंदरबार पुगेका थिए । पहिलो संविधानसभामा समेत सभासध्यक्षको भुमिका निभाई सकेका नेम्वाङ मंगलबार संविधानसभाबाट सभामुख पदमा निर्वारोध निर्वाचित भएका थिए ।
सिंहदरबारमा पदभार ग्रहण पछि पत्रकारहरुसंग कुरा गर्दे नेम्वाङले पहिलेको संविधानसभामा जस्तो नहुने र तोकिएकै समयमा संविधान बन्ने बताए । अघिल्लो संविधानसभामा सहमति जुटिसकेकाले त्यसलाई स्वामित्व ग्रहण गरेर संविधान लेखनको काममा अघि बढाईने उनको भनाई थियो । उनले भने– एक वर्षभित्र नयाँ संविधान जारी गर्न सक्दो पहल गर्छु। नेम्वाङले एक वर्षभित्र संविधान जारी गर्न दलहरु मिल्नुको विकल्प नरहेको पनि बताए।

0 comments
तपाईंको प्रतिकृया