नयाँ शैक्षिकसत्रमा विद्यार्थीका हातमा पुस्तक नपुग्ने
काठमाडौं, ८ फागुन। आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अझै सवा करोड थान पुस्तक छाप्न सकेको छैन । अहिलेकै गतिमा पुस्तक छाप्दा चैत मसान्तसम्ममा ५४ प्रतिशतमात्र पुस्तक छाप्न सकिने अवस्था छ ।
नयाँ शैक्षिकसत्र शुरु हुन करिब २ महिना बाँकी रहादा एक करोड १९ लाख १८ हजार पाँच सय ६६ थान पुस्तक छाप्न बााकी पाइएपछि शिक्षा विभागले कामलाई दू्रतता दिन ताकेता गरेको छ ।आगामी शैक्षिकसत्रका लागि नुमानित पाठयपुस्तकअनुसार हालको छपाइको तयारीको अनुपातलाई आधार मान्ने हो भने यस वर्षको चैत मसान्तसम्ममा पनि करिब ४६ प्रतिशत पाठयपुस्तक छाप्न बाँकी हुने देखिन्छ ।
वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र ०७१ मा कुल दुई करोड २५ लाख ६५ हजार थान पाठयपुस्तक आवश्यक पर्ने अनुमान गरिएकामा फागुन ६ गतेसम्मको छपाइ तयारी ९० लाख ३८ हजार १७ थानमात्र देखिएकाले ताकेता गरिएको शिक्षा विभागका उपनिर्देशक राकेश श्रेष्ठले जानकारी दिए ।
कभर छाप्न बाँकी १६ लाख आठ हजार ४ सय १७ थान पाठयपुस्तक रहेका आधारमा एक करोड ६ लाख ४६ हजार ४ सय ३४ थान पाठयपुस्तक तयारी अवस्थामा रहेको जनक शिक्षाका कामु उपनिर्देशक सुजन नेपालले बताए । केन्द्रले हाल दैनिक एक लाख ३२ हजार थान पुस्तक उत्पादन गर्दै आएको छ ।
केन्द्रले क्षेत्रीय कार्यालय भरतपुर, पोखरा, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा रहेको सञ्चित विवरण पनि विभागलाई नियमित रुपमा उपलब्ध गराउादै आएको छ । विभागले उपनिर्देशक श्रेष्ठको संयोजकत्वमा सरोकारवाला संस्थाका प्रतिनिधिसहितको उपसमिति गठन गरी पाठयपुस्तक तयारी र वितरणको अवस्थाको अनुगमन पनि गरिरहेको छ तर उपसमितिमा निजी क्षेत्रका प्रकाशनको विवरण प्राप्त हुन सकेको छैन । अनुगमन समितिका सदस्य अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जनक शिक्षाले नभ्याउने भए त्यसको उपयुक्त विकल्पका लागि समयमै छलफल हुनुपर्ने बताए । रासस

0 comments
तपाईंको प्रतिकृया