संचारको विकाससंगै समाजको विकास: रज्जाक
बुटवल २५ माघ । बुद्ध सामुदायिक टेलिभिजनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सुचनाको आधुनिकिकरण र गुणस्तरियतामा ध्यान दिनु पर्ने सुझाव दिए । रुपन्देही क्षेत्र न १ का सभासद अब्दुल रज्जाकले संचार माध्यमहरु सामाजिक चेतनाको वाहक भएको भन्र्दै संचारको विकाससंगै समाजको विकास पनि अघि बढ्ने बताए ।
राष्ट्रको चौथो अंग संचार माध्यमको राष्ट्रिय राजनितिलाई सहि बाटामो हिडाउन तथा शुसासन कायम राख्नका लागि निकै ठुलो भुमिका रहेको उनको भनाई थियो ।
कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले बुद्ध टेलिभिजन जनताको टेलिभिजन हुनु पर्ने बताए ।
बुद्ध टेलिभिजनका अध्यक्ष वेन वहादुर पौडेल क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सदस्य राम बहादुर कार्र्की, नेकपा माओवादीका नेता नेत्र नारायण शर्मा,नेपाली कंग्रेसका खेलराज पाण्डे,पत्रकार महासंघका अध्यक्ष दिपक ज्ञवाली, पत्रकार बालकृष्ण चापागाई, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अर्जुनमान शैजु, रुपन्देही व्यपार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल,बुटवल टुडेका अध्यक्ष एवं विविएनका संचालक हरि प्रसाद पौडेल,गंगाराम सापकोटा,सुजिता शेरचन,पथ्वी र्फौदार लगायतले वोलेका थिए । टेलिभिजनले आफ्नो क्षमता विस्तार गर्ने, आफ्नै भवन पनमार्ण गर्ने आधुनिक उपकरणहरुको प्रयोग लगायतका पुर्वाधारका लागि योजना बनाईरहेको जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया