स्थापना दिवश सास्कृतीक पर्वको रुपमा मनाईने
सुपरखवर संवाददाता
बुटवल ११ फागुन
मगर समुदायले फागुन १५ गतेलाई सास्कृतीक पर्वको रुपमा मनाउने भएको छन ।
नेपाल मगर संघको स्थापना भएको दिन फागुन १५ लाई सास्कृतीक पर्वको रुपमा मनाउन लागिएको मगर समुदायका अगुवाहरुले बताएका छन । नेपाल सरकारद्धारा आदीवासी जनजातिमा सुचिकृत मगर जाति सांस्कृतीक क्षेत्रको धरोहर नै हुन । मगर समुदायका अगुवा क्या यम वहादुर थापा स्थापना दिवशलाई सांस्कृतीक पर्वको रुपमा सरकारी मान्यताको लागी पहल भईरहेको बताछन । उनि भन्छन– फागुन १५ लाई सवै जातिलाई मान्य हुने गरी सांस्कृती पर्वको रुपमा मान्यता दिनु पर्छ ।’
मगर सुमदायका घाटु ,सालैज्यो, मारुनी , सोरठी चर्चित नाचहरु हुन ।
राज्यद्धारा पछाडी पारिएका मगर जातिको हकअधिकार स्थापित गर्नको लागी गुल्मीको भार्सेमा वि सं २०१२ मा मगर समुदाय पहिलो पटक संगठित भएका थिए । नेपाल मगर संघ बुटवल नगर समितीका अध्यक्ष क्या किसन थापा मगरले गुल्मीको भार्सेमा मगर सुमदाय पहिलोपटक संगठित भएको बताए ।
उनका अनुसार वि सं २०३८ मा रुपन्देहीमा मगर समुदाय संगठित भई मगर संघ गठन भए पनि २०३९ फागुन १५ गते दमौलीमा भएको महाधिवेशनलाई आधिकारिकता दिईएको छ । त्यसैको आधार मानेर नेपाल मगर संघले प्रत्येका वर्ष फागुन १५ गते स्थापना दिवश मनाउदै आएको छ ।
संघले देशैभर विभिन्न कार्यक्रम गरी फागुन १५ गते ३२ औ मगर दिवश मनाउन लागेको हो । आईतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विभिन्न कार्यक्रम गरी स्थापना दिवश मनाउन लागेको जानकारी दिए । संघका सचिव मनोज राना मगरले स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको बताउदै १४ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । ‘समाज निर्माणमा मगर विद्यार्थीहरुको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा क्याम्पस तहका विद्यार्थीरुले भाग लिने जनाईएको छ । स्थापना दिवशमा वुटवलबाट भेषभुषाका झाकी सहित वुटवल हिलपार्कमा पुगी मुल समारोह गरिने उनले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया