मगरसंघद्धारा रक्तदान
बुटवल ९ फागुन– नेपाल मगर संघ नगर समिति,बुटवलले आज बुटवलमा रक्तदान गरेको छ । मगर संघको ३२ औं स्थापना दिवस (मगर दिवस)को अवसरमा रक्तदान गरिएको हो ।
कार्यक्रममा संघका पूर्व नगर सदस्य चेतबहादुर सिंजाली,आदिवासी जनजाति पत्रकार मंच नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, नेपाल मगर युवा संघ,जिल्ला समिति,रुपन्देहीका सहसचिव खोमा तरामु लगायत ३० जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको सुभारम्भ रक्त संचार सेवा केन्द्र बुटवलका संयोजक प्रेमलाल उदासले गरेका थिए । मगर संघ नगर समिति,बुटवलका अध्यक्ष क्याप्टेन किशनबहादुर थापामगरको अध्यक्षता र सचिव मनोज रानाको संचालनमा भएको कार्यक्रममा नेपाल मगर युवा संघ नगर समिति,बुटवलका अध्यक्ष झबिन्द्र थापामगरले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । मगर संघले फागुन १५ गते मगर दिवस मनाउने तयारी गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया