गैर पत्रकारलाई सदस्यता दिएको भन्दै आन्दोलित
नवलपरासी, ११ फागुन । नवलपरासीमा गैर पत्रकारहरुलाई पत्रकार महासंधले सदस्यता दिएको भन्दै गैर पत्रकारहरुको सदस्यता खारेजीको माग गर्दै नवलपरासीका क्रियाशिल पत्रकारहरुले आईतवार नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा ज्ञापन पत्र बुझाएका छन ।
महासंघका पूर्व सभापति केशव पराजुलीले महासंघले सदस्यता प्रदान गरेकामा पत्रकारिता पेशा मै नरहेका, सरकारी कार्यालयमा कार्यरत कर्मचारी, सरकारी कार्यालयका ओभरसियर, कार्यालय सहयोगी र विमा कम्पनिका प्रतिनिधि समेतलाई महासंघले सदस्यता प्रदान गरेको पछि पत्रकारहरु विचमा विवाद चर्कीएको बताए ।
श्रमजिवि पत्रकारको खिल्ली उडाउदै पत्रकार महासंघका नवलपरासीका पदाधिकारीहरुले सदस्यहरुलाई समेत जानकारी नदिई नयां सदस्यता प्रदान गर्नका लागी चहलपहल गरेको पत्रकार महासंघका पुर्व जिल्ला सचिव हरि शर्माले बताए ।
शर्माका अनुहसार गलत गरिकाबाट पत्रकारमहासंघको सदस्यता प्रदान गरेको प्रति विरोध गर्दै गैर पत्रकारहरुको नयां सदस्यताको खारेजीको माग गर्दै आईतवार जिल्ला शाखा मार्फत केन्द्रमा ज्ञापन पत्र पठाईएको छ । तिन सुत्रिय माग राखेर ज्ञापन पत्र पठाएका पत्रकारहरुले केन्द्र मार्फत छानविन टोलि गठन गरेर गैर पत्रकारहरुको सदस्यता खारेजी नभए फागुन १४ देखि शाखामा अनिश्चितकालिन तालाबन्दि गरिदिने चेतावनी दिएकाछन् ।
तिन सुत्रिय मागमा सरकारी कार्यालयका सुव्वा देखि कार्यालय सहयोगीको सदस्यता खारेजी हुनुपर्ने बैठक वाट सिफारिस नगराईएकालाई समेत जिल्ला शाखाका केहि पदाधिकारीहरुले सदस्यताका लागि सिफारिस गरेर पठाएर सदस्यता दिलाएको, सिफारिस गरेर पठाईएका व्यक्तिको सदस्यता नआएकाले छानविन हुनुपर्ने माग गरिएको छ ।

0 comments
तपाईंको प्रतिकृया