सहकारीद्वारा समुदायमा एक करोड लगानी
बुटवल, १२ फागुन । इन्द्रेणी बहुद्देश्य सहकारी सस्था लिमिटेड बुटवल–१० रुपन्देहीले लघुवित्त कर्जा कार्यक्रम अन्र्तगत झण्डै एक करोड रुपैया समुदायमा लगानी गरेको छ ।
समुदायसँगको सहकार्य र गरिव तथा विपन्न समुदायका महिलाको आर्थिक स्तर बृद्धि गर्ने उद्देश्यले इन्द्रेणीले समुदायमा फागुनको दोस्रो साता सम्ममा एक करोड लगानी गरेको हो । संस्थाले रुपन्देहीका बुटवल नगरपालीका, देवदह, दुद्यराक्ष, चिलीया, गजेडीलगायतका गाविसमा लघुवित्त कार्यक्रम संचालन गरेको छ ।
सस्थाले गजेडी गाविसको सानो उकालीमा आयोजना गरेको लघु वित्त कर्जा लगानी कार्यक्रममा सस्थाका अध्यक्ष मित्रबहादुर शाक्यले जानकारी दिए । उनले माघ महिना भित्र ७७ लाख ७ हजार लगानी गरि सकीएको जानकारी दिदै सानो उकालीमा अवस्थित नागरिक सचेतना केन्द्रमा आवद्ध ४७ जना महिलाहरुलाई थप २२ लाख ८० हजार ऋण प्रदान गरेको बताए ।
संस्थाले हाल सम्म लघु वित्त कर्जा लगानी कार्यक्रम अन्र्तगत समुदायमा ९९ लाख ७७ हजार ३ सय ३७ रुपैया लगानी गरेको संस्थाका सचिव नेत्रलाल अर्यालले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया