सेवा विकास बैंक आठौ वर्षमा प्रवेश
बुटवल १३ फागुन – रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक लि.ले आठांै बर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा उक्त बैकले मंगलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष भीम प्रसाद तुलाचनले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । बुटवलस्थीत रक्त संचार केन्द्रको हलमा गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एव्म शुभचिन्तकहरुले रक्तदान गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बैंकहरुको उद्देश्य नाफा कमाउनु मात्रै नभई सामाजिक क्षेत्रमा पनि केही योगदान होस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाल स्टक एक्सचेञ्जवाट विगत वर्षदेखी नै ‘क’ वर्गमा सुचिकृत हुन सफल बैंकको निष्कृय कर्जा सुन्य प्रतिशत रहेको छ । वैकको अधिकृत पूँजी ६४ करोड, जारी तथा चुक्ता पूँजी २५ करोड ७६ लाख, निक्षेप २ अर्व ७८ करोड, कर्जा २ अर्व ४५ करोड तथा ग्राहक संख्या ४९ हजार १ सय ३३ रहेको जनाईएको छ ।
१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको रुपन्देहीको बुटवल,भैरहवा, कोटिहवा, खैरेनी र सालझण्डी, कपिलवस्तुको गोरुसिंगे तथा नवलपरासीको परासी वजार, कावासोति, दुम्किवास र डण्डा गरी जम्मा १० वटा कार्यालयहरु रहेका छन् भने बुटवल, भैरहवा, कोटिहवा, खैरेनी, परासी, कावासोती तथा गोरुसिंगे गरी ७ वटा एटिएम संचालनमा रहेका छन् । उक्त बैंकले ६ महिनाको अवधिमा ५ करोड वढि संचालन मुनाफा गर्न सफल रहेको थियो ।

0 comments
तपाईंको प्रतिकृया