उपसभामुखमा ओनसरी घर्ती निर्वाचित
एमाओवादीकी उम्मेदवार घर्तीलाई कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपासहित फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा लगायत सवै मधेशी तथा साना दलले पनि समर्थन गरेका थिए ।घर्तीले ४८४ मत पाइन् भने उनको विपक्षमा ५ मतमात्रै परेको थियो ।
एमाओवादीकी उम्मेदवार घर्तीको प्रस्तावकमा एमाओवादी नेता कृष्णवहादुर महरा थिए भने समर्थकहरुमा कांग्रेसका आनन्द ढुंगाना र एमालेका भीम आचार्य रहेका थिए । मंगलवार उपाध्यक्षका लागि एमाओवादीका तर्फवाट घर्ती दर्ता गरेको उम्मेदवारीलाई बुधवार बसेको संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।


0 comments
तपाईंको प्रतिकृया