Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महासंघको अधिवेशन तयारी

काठमाडौ २३ माघ– आगामी फागुन १७ गतेदेखि नेपाल पत्रकार महासंघका जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन हुने भएको छ । महासंघ केन्द्रीय कार्यसमितिको विहाबार बसेको बैठकले २४ औँ महाधिवेशनका लागि शाखा र प्रतिष्ठानको अधिवेशन गर्ने निर्णय गरेका हो ।
 फागुन १७ गते पश्चिमाञ्चल विकास क्षेत्रका सबै शाखाहरु र १९ गते सबै प्रतिष्ठान शाखाहरु अधिवेशन आव्हान गरिएको छ ।
 फागुन २१ गते मध्यमाञ्चल उपत्यका बाहेकका सबै जिल्ला शाखाहरु, फागुन २५ गते पूर्वाञ्चलका सबै जिल्ला शाखाहरु, फागुन २८ गते मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्ला शाखाहरु, चैत्र ४ गते सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका जिल्ला शाखाहरु र चैत ८ गते उपत्यका भित्रका तीन जिल्लाका शाखा अधिवेशनहरु सम्पन्न गर्ने निर्णय भएको महासंघले जनाएको छ ।

बैठकले विवाद देखिएका जिल्ला तथा शाखाहरुको विवाद समाधान गर्न केन्द्रीय सदस्य मोहन चापागाईंको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजेश मिश्र, रुद्र भट्ट र प्रभात चलाउने सदस्य रहेको कार्यदल गठन गरेको छ । अधिवेशन नजिकीदै गर्दा जिल्लाहरुमा निर्वाचनको चर्चा चल्न थालेको छ । 

0 comments

तपाईंको प्रतिकृया