१० किलो सुनसहित पक्राउ
सिन्धुपाल्चोक, १५ फागुन । १० किलो अवैध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चीनको खासाबाट काठमाडौं ल्याउदै गरेको अवस्थामा प्रहरी उक्त परिमाणमा सुन बरामद गरेको हो ।
बा ९ च ७२६८ नम्बरको जीपमा प्लाष्टिकको झोलामा राखेर ल्याइदै गरेको अवैध सुन चेकिङ गर्दा बाह्रबिसेमा प्रहरीले बरामद गरेको हो । अवैध सुनसहित दुई चिनियाँसहित एक नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका जीमी शर्पा, चिनियाँ नागरिकहरु सीजङ घ्याम्पुङ र कर्माछिरिङ शेर्पा रहेका छन् । सुन आयातमा भएको कडाई पछि नेपालमा चीनको तिब्बतबाट सुन तस्करी बढेको छ ।

0 comments
तपाईंको प्रतिकृया