Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभामुखमा सहमति जुटेन

 काठमाडौं, ५ फागुन । सहमतिमा आधारमा सभामुखको चयन गर्ने प्रयास असफल भएको छ । दलहरुले सभामुखका लागि सहमतिको  प्रयास गरेका थिए ।   दलहरुले सहमतिको नाम पेश गर्न नसकेपछि मंगलबार दिउँसो बहुमतीय आधारमा उम्मेद्वारी दर्ता गर्ने र ती नाममा मंगलबार बेलुका ५ बजे चुनाव गर्ने कार्यतालिकामा उल्लेख छ ।
 नेपाली कांग्रेसले पूर्वसहमति अनुसार एमालेका सुवासचन्द्र नेम्वाङलाई सभामुखमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले नेम्वाङलाई मतदान गर्ने निर्णय गरेको हो ।तर, कांग्रेस र एमालेवीच भएको सात बुँदे सहमतिका आधारमा सभामुखमा सुवासचन्द्र नेम्बाङ हुने अब पक्का भएको छ ।  सभामुख तेस्रो दलले पाउनुपर्ने एमाओवादीले पाउनु पर्ने दाबी गर्दै  कृष्णबहादुर महरालाई सभामुखको उम्मेद्वार बनाउने तयारी गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया