Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शिक्षकलाई गमनशिलता अभिमुखिकरण

बुटवल, १३ फागुन – शिक्षा बिभागको आयोजनामा बुटवलमा शिक्षकहरुका लागि गमनशिलता अभिमुखिकरण तालिम शुरु भएको छ ।
५ दिनसम्म संचालन हुने तालिममा पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल क्षेत्रमा रहेका २५ बिद्यालयका १८ जना शिक्षकको सहभागिता छ । उनिहरुले दृश्टिबिहिन बिद्यार्थीहरुको दैनिक दिनचर्या र सहजजीवन यापनका लागि सहजता बनाउनका लागि सीपमुलक तालिम लिनेछन् ।
तालिमपछि आ—आफ्नो स्कूलमा फर्केर दृश्टिबिहीन बिद्यार्थिलाइ सीप प्रदान गर्ने शिक्षा बिभागका अधिकृत दीपक माझीले बताए । तालिममा रुपन्देहीको दयानगरमा रहेको बिरेन्द्र उमाबि र मणिग्रामको शान्ति नमुना उमाबिका शिक्षक प्रतिनीधिको पनि सहभागिता रहेको छ ।
 अभिमुखिकरणमा शिक्षा बिभागका अधिकृत दीपक माझी , नेपाल नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम रुपन्देहीका कार्यक्रम अधिकृत प्रेम महर्जन र सुपरभाइजर हरि भण्डारीले सहजीकरण गरेका छन । उनीहरुलाई सेतो छडी,बाइन फोल्ड,शैक्षिक सामाग्री पनि उपलब्ध गराइने छ ।

0 comments

तपाईंको प्रतिकृया