Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शसस्त्र प्रहरीद्धारा चल्ला बरामद

भैरहवा, २८ माघ  । शसस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती गुल्म रुपन्देहीले जिल्लाको मर्चवार बेथरी इलाका हुदै भारतबाट नेपाल भित्राउदै गरेको अबैध कुखुराको चल्ला  मंगलवार बिहान ३ बजे बरामद गरेको छ ।
गुल्मका शसस्त्र प्रहरी निरीक्षक ताराबहादुर के सीको नेतृत्वमा खटिएको टोलिले ३ लाखा १९ हजार २ सय मूल्य बराबरको चल्ला बरामद गरेको हो ।
बरामदित चल्लालाई जिल्ला पशु क्वारेन्टाइनका प्रतिनिधी,  र स्थानियको रोहबरमा नष्ट गरिएको राजस्व गस्तीले जनाएको छ ।
यसैबीच गुल्मका गुल्मपति प्रहरी नायब उपरिक्षक धुव्र बहादुर कार्किको नेतृत्वमा खटिएको टोलिले जिल्लाको विभिन्न इलाकाबाट यो हप्ता नियन्त्रणमा लिएको १ लाख २६ हजार मूल्य बराबरको भन्सार छली नेपाल ल्याएको चिनी, किराना समानहरु त्था कपडा बरामद गरी भैरहवा भन्सारमा पठाएको पनि जानाकारी दिएको छ ।

0 comments

तपाईंको प्रतिकृया