Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बस दुर्घटना फलोअपः दश जनाको सनाखत

पाल्पा २३ माघ – पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुने १४ जनाको  मध्ये दश जनाको सनाखत भएको छ । पोखरा बाट भैरहवाको लागी छुटेको लु १ ख ४९२४ नम्बरको बस पाल्पाको चिदिपानी २ भालुखोला बस दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  गाडी धनी भिमगिठे बुर्तिबाङ्ग बाग्लुङ्गका २८ बर्षिय मोहन केसी, दुर्घटनामा ज्यान गुमाउनेहरूमा पाल्पाको मुझुङका बस चालक३३ वर्षीय रोमनसिंह सारु मगर, म्यालपोखरी(१ गुल्मी घर भइ पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय गिरिराज भट्टराई, ठूलीपोखरी पर्वतका बाबुराम आचार्य, मगरागढी(९ बर्दियाका २१ वर्षीय विराट सिंह ठकुरी , भरतपोखरी १ कास्कीका ३५ वर्षीय बुद्धिबहादुर विक, सिमीचौर(६ गुल्मी घर भइ बाग्लुङमा कार्यरत प्रहरी जवान दिनबहादुर बस्नेत, मरवाङ(९ रुकुमका ३८ वर्षीय राजकुमार गुरुङ, मोरङको विराटनगर निवासी ४९ वर्षीय गोपाल ढकाल र खैरालाँकुरी(३ पर्वतका २२ वर्षीय राजकुमार सुनारको सनाखत भएको छ।
घाईते मध्ये स्याङ्गजा चिन्नेबास ८ का ३७ बर्षिय डोल बहादुर राना, बर्दीया मंगलागढी ९ का ३९ बर्षिया कमला सिंग ठकुरी, पुतलीबजार २ का १९ बर्षिय दिपक कुवर र रुकुम मरवाङ्ग ८ का ४३ बर्षिय नर बहादुर बुढामगरको युनाईटेड मिसनअस्पताल तानसेनमा र अरु ३ घाईतेको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । प्रभासमा उपचार हुनेहरुमा राममन्दिर बुटवलका २४ बर्षिय प्रदिप केशरी, पोखरा न्युरोडकी बर्ष २८ कि चन्दा वली र बाग्लुङ्ग भकुण्डेका २२ बर्षिय सुर्य खत्री रहेका छन् ।

0 comments

तपाईंको प्रतिकृया