Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेको संसदीय नेतामा ओली निर्वाचित

काठमाडौं २१ माघ । नेकपा एमाले संसदीय दलको नेतामा केपी ओली निर्वाचित भएका छन् । उनि पार्टी अध्यक्ष झलनाथ खनाललाई २३ मतान्तरले पराजित गर्दै ओली दलको नेता चुनिएका हुन् ।
 मंगलबार भएको निर्वाचनमा  ओलीले ९८ मत पाएका छन् भने खनालको पक्षमा ७५ मत मात्र परेको छ ।
नेकपा एमालेमा कसैले नपत्याएको र अनुमानै नगरेको केपी९वामदेव गठबन्धन देखापरेको छ
ओली र गौतमसमूहको आन्तरिक सहमतिअनुसार संसदीय दलको नेतामा गौतमले ओलीलाई सघाउने, केही महिनापछि हुने महाधिवेशनमा ओलीलाई अध्यक्ष बन्न सघाएपछि त्यसको बदलामा ओलीले संसदीय दलको नेता गौतमलाई हस्तान्तरण गर्ने रहेको छ । तत्काल केपी ओली संसदीय दलको नेता बने पनि वामदेवले गृहमन्त्रालय र उपप्रधानमन्त्री बन्ने दुई नेतावीच भागवण्डा भएको बताइएको छ ।

एक कार्यकाल ओली पार्टी अध्यक्ष भएपछि अर्को कार्यकालमा वामदेवलाई अध्यक्ष बनाउनेसम्मको लामो रणनीति ओली र गौतमले बनाएको बुझिएको छ । झलनाथ र माधव नेपालले लामो समय पार्टी कब्जा गरेको बताएका ओली र गौतमले अर्को महाधिवेशनसम्मको पावर शेयरिङ गरेर एमालेलाई १० वर्षसम्म दुई भाइको कब्जामा राख्ने योजना बनाएका छन् ।

0 comments

तपाईंको प्रतिकृया