डन चिल्ड्रेन्समा खेलकुद जारी
बुटवल, २९ माघ । रुपन्देहीको आनन्दवन–१ नया“मिल स्थित डन चिल्ड्रेन्स ईङ्लिस स्कुलमा वार्षिक खेलकुद सप्ताहअन्र्तगत् बुधबार विभिन्न प्रतियोगिता भएका छन् ।
प्रि–प्राइमरी, सव–जुनियर, जुनियर र सिनियर तहका विद्यार्थीबीच तहगत रुपमा विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा भएको विद्यालयले जनाएको छ । सिनियरतर्फ छात्राहरुबीच भएको सटपुटमा रुजी अर्याल, सजिना राना, इशा सापकोटा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यस्तै छात्रातर्फकैं एक सय मिटर दौडमा कल्पना चापागाई, सपना थापा, सञ्जिता नेपाल क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । यसैगरी छात्रतर्फको एक सय मिटर दौडमा असिम राना, देवेश थापा, सरोज थापा र रोशन थापा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
सिनियरतर्फ बुधबार दुई सय मिटर दौड पनि भएको विद्यालयका अतिरित्त क्रियाकलाप प्रमुख दयाराज खरालले जानकारी दिए । यस्तै जुनियरतर्फ छात्रा÷छात्रबीच एक सय र दुई सय मिटर दौड पनि बुधबार सम्पन्न भएको छ । यसैगरी सव–जुनियरतर्फ म्युजिकल चेयर, गुच्छा बटुल्ने, भाले जुधाई खेल भएका छन् । प्रि–प्राइमरीतर्फ म्युजिकल चेयर, बल थ्रो, बेलुन डान्स, तातो आलु, गणित दौड प्रतियोगिता भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका प्राचार्य कृष्ण खनालले बताए ।

0 comments
तपाईंको प्रतिकृया