Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कास्कीको संगमलाई उपाधि

दिपक न्यौपाने
बुटवल १० फागुन
राष्ट्रिय ए डिभिजन जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि कास्किको संगम क्लवले हात पारेको छ ।
रुपन्देहिको इन्टर स्पोर्टस क्लवलाइ सडनडेथमा ४ का विरुद्ध ५ गोलले पराजित गर्यो ।जितसँगै संगमले ४ लाख शिल्ड तथा प्रमाणपत्र  पाएको छ भने घरेलु क्लव इन्टरले २ लाखमा चित्त वुझाएको छ ।
निर्धारित समयमा दुवै टोलिवाट एक एक गोलको  वरावरि भएपछि थपिएको समयमा पनि दुवै टोलिवाट कुने गोल भएन र खेल टा«इव्रेकरमा धकेलिएको थियो ।खेलको पहिलो हाफको सिमसिमे पानिमा मैदानमा भिडेका दुइ क्लव आका्रमक फुटवल खेलेका थिए ।
पहिलो हाफको १२ औ मिनेटमा इन्टरका मनोज गुरुङको सुन्दर मौका खेर गयो ।सेतो जर्सिमा घरेलु दर्शकको साथमा रहेको इन्टरले पटक पटक पोष्ट चार्ज गरेपनि स्कोर भने निकाल्न सकिरहेको थिएन ।त्यस्तै २५ औ मिनेटमा संगमका कप्तान किरण गुरुङको सटिक प्रहारले पोष्टको सहि दिशा लिन सकेन ।त्यस्तै दोसा्रे हाफको  ७० औ मिनेटमा मनोज शाहिले कर्नरवाट हानेको प्रहार संगमका किपर मिलन गुरुङ अलमलिदा वलले गोललाइन पारगरेपछि  स्थानिय टोलि १ शुन्यले अगाडि वढ्यो ।खेलको ७२ औ मिनेटमा कप्तान किरण गुरुङलाइ मुख्य रेफ्रि ज्ञानु थापाले रातो कार्ड दिएपछि केहिवेर विवाद भएको थियो भने इन्टरको पोष्टमा हेन्डवल नपाएको भन्दै आका्रेशित संगमका पदाधिकारिले होहल्ला गरेपछि केहिसमय खेल अवरुद्ध भएको थियो ।दोसा्रे हाफमा इन्टरलाइ दवाव दिइरहेको संगमले नीर्धारित ९० मिनेपछि थपिएको अतिरिक्त ६ मिनेटको अन्त्यमा संगमका भरपर्दा खेलाडि राकेश गुरुङले डिवक्स नजिकवाट आर्कषक गोलगरेपछि खेल वरावरिमा धकेलिएको र माहोल एकाएक परीवर्तन भएको थियो ।त्यसपछि थपिएको २० मिनेटमा दुवै टोलिवाट कुनै पनि गोल नभएपछि खेल टा«इव्रेकरमा धकेलियो ।
टा«इव्रेकरमा रुपन्देहिको तर्फवाट जर्सि नं १० का मनोज गुरुङ,१५का मनोज शाहि,२का आशिष गुरुङ,१२का दिलिप मगरले गोल गरेका थिए भने टोलिमा जर्सि नं ८ का यमु कार्किको प्रहार वाहिरीयो भने  विकास गुरुङको प्रहारले पनि सहि दिशा लिन सकेन ।
कास्किको तर्फवाट जर्सि नं १६ का सुवास तामाङ,५का विमल वस्नेत,१२का राकेश गुरुङ,८का विवेक गुरुङ र ७का सन्तोष गुरुङले गोल गरे भने जर्सि नं ११का कुमार गुरुङको प्रहार इन्टरका किपर गोकुल छन्त्यालले रोकेका  थिए।यहि माघ २६ गतेवाट सन्चालनमा आएको प्रतियोगितामा उत्कृष्ट फरवार्ड इन्टरका मनोज गुरुङ,उत्कृष्ट डिफेन्डर संगमका विमल वस्नेत,उत्कृष्ट मिडफिल्डर इन्टरका यामु कार्कि,उत्कृष्ट गोलकिपर संगमका मिलन गुरुङ र उत्कृष्ट प्रशिक्षक कास्किका विकाश गुरुङ भएका छन ।उनिहरुलाइ प्रमुख अतिथि रुपन्देहि क्षेत्र नं १ का सभाषद अव्दुल रज्जाक,जिल्ला फुटवल सघं रुपन्देहिका अध्यक्ष कुमार केसि लगायतले जनहि १५ हजारका दरले पुरस्कृत गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया