Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रेस युनियनमा पद हस्तान्तरण

बुटवल १२ फागुन । नेपाल प्रेस युनियन रुपन्देहीको सातौं जिल्ला अधिवेसनबाट निर्वाचित कार्यसमितीलाई पद हस्तान्तरण गरिएको छ ।
सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि नयाँ कार्य समितीलाई पद हस्तान्तरण गरिएको हो ।
निवर्तमान सभापति भवानीप्रसाद पाण्डेको सभापतित्वमा भएको पदहस्तान्त्रण कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हरि लम्साल, केन्द्रीय सदस्य रामराज पोख्रेल, पूर्व केन्द्रीय सदस्य माधव नेपाल, बिष्णु भुसाल, खिमानन्द भट्टराई, यमलाल भुसाल, मायाँ गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पद ग्रहण संगै सभापति बिक्रम खड्काले युनियनलाई एक ढिक्का बनाएर अंगाडी बढाउनका लागि कुनै मुल्य चुकाउन पछि नहट्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम सचिव कबिन्द्र नेपालको सञ्चालनमा भएको थियो ।
पदस्थापन पछि बसेको कार्यसमितीको पहिलो बैठकले कार्यसमितीलाई पूर्णता दिईएको छ । मनोनित गर्ने एक सहसचिव पदमा श्यामशंकर पाण्डेलाई मनोनित गरिएको छ भने ३ सदस्य पदमा सलमान खान, खिम श्रेष्ठ र कल्पना शर्मालाई मनोनित गरिएको हो ।
त्यस्तै आसन्न नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा युनियनको उपस्थिती बलियो बनाउनका लागि युनियनबाट सर्बसम्मत रुपमा उमेद्वार तय गर्ने प्रयोजनको लागि समिती गठन गरिएको छ । युनियनका सभापति बिक्रम खड्का सहित अग्रजहरु हरि लम्साल, रामराज पोखरेल, माधव नेपाल, बिष्णु भुसाल, खिमानन्द भट्टराई, राधेश्याम राजभण्डारी, हरिष ढकाल, यमलाल भुसाल, भवानीप्रसाद पाण्डे रहेको समिती बनाईएको हो ।

0 comments

तपाईंको प्रतिकृया