दललाई खबरदारी गर: थापा
बुटवल ८ फागुन– नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद गगन थापाले देशका बिभिन्न परिवर्तनमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको स्मरण गर्दै अबका दिनमा पनि कलम मार्फत राजनैतिक दललाई खबरदारी गर्न आग्रह गरेकाछन् ।
प्रेस युनियन रुपन्देही को सातौं अबिधेशनलाई आज (बिहिबार) बुटवलमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पत्रकारले समाजलाई सकारात्मक र नकारात्मक सबै कुराको जानकारी दिन सक्ने भएकोले समाजका सकारात्मक पक्षहरु समेत उठाउन आग्रह गरे । नेता थापाले पत्रकारले अरुका अधिकारका कुरामा धेरै लेख्ने र बोल्ने गरेपनि आफ्नो अधिकारको पनि खोजी गर्न जरुरी रहेकोले पत्रकारहरु अब त्यस तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । फरक प्रसंगमा उनले यो संबिधान सभाले संबिधान दिन नसके त्यसको परिणामको अनुमान कसैले गर्न नसक्ने भन्दै सहमतिमा नभए समझदारीको आधारमै भएपनि संबिधान दिनु को बिकल्प नरहेको प्रष्टाए ।
थापाले आगामी एक बर्ष भित्र संबिधान जारी गर्न समय बाधक नभएको तर दलको पारा पुरानै भएकोले यो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको औल्याए, उनले संबिधान जीबन्त प्रकृया भएकोले यसलाई अन्तिम दस्तावेज ठान्न भन्दा पनि आवश्यक पर्दा संसोधन पनि गर्न सकिने भन्ने बुझाई भए संबिधान जारी हुने राय व्याक्त गरे ।
कार्यक्रममा अर्का सभासद् अब्दुल रज्जाकले संबिधान सभामा प्रतिनिधित्वका आधारमा भुमिका निर्वाह गर्न दिए काँग्रेसको अगुवाईमा संबिधान जारी हुने बताए । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, एमालेका नगर सचिव भोज प्रसाद श्रेष्ठ , उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, प्रेस युनियनका केन्द्रिय सदस्य रामराज पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
युनियनका अध्यक्ष भवानी प्रसाद पाण्डेको सभापतित्वका भएको कार्यक्रमको संचालन सचिब बिक्रम खड्काले गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नया समिति चयन गर्नेछ ।

0 comments
तपाईंको प्रतिकृया