Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पर्यटन प्रवद्र्धन गर्न सौराहामा फुड फेष्टिवल

 बुटवल २५ माघ । चितवन सौराहमा प्रर्यटन प्रर्वद्धन गर्न आठौ फुड फेष्टिवल गरिने भएको छ । सौराहामा आन्तरिक पर्यटनको बढ्वा दिन तथा बाह्य पर्यटकलाई पनि आर्कषण गर्न टेवा पु¥याउन गर्न लागिएको फुड फेष्टिवलको प्रचारमा त्यहाका ब्यवसायीहरुले देश दौडाहा समेत गरेका छन ।
आगामी फागुन १ गतेदेखि ३ गतेसम्म आठौं फुट फेष्टीवल राखेका छन । प्रणय दिवस ९भ्यालेन्टाइन्स डे० को अवसरमा गर्न लागिएको फुड फेष्टिवलको प्रचार गर्दै सौराहामा पर्यटक आकर्षण गर्न पूर्वी नेपालका विभिन्न शहरहरुमा प्रचार सकि त्यहाका ब्यवसायीहरुले पश्चिम नेपालका विभिन्न जिल्ला हु“दै शनिवार बुटवलमा समेत प्रचारात्मक कार्यक्रम गरेका छन ।

 रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान  नेपाल सौराहा चितवनले गर्न लागेको फुट फेष्टीवलमा लाख दर्शक भित्राउने तयारी आयोजकले गरेका छन । यस अबधीमा ४ करोडको कारोबार लक्ष्य राखिएको अध्यक्ष सिताराम कुमालले बताए ।
कार्यक्रम सम्पन्न गर्न ३६ लाख ६५ हजार रुपैया“ खर्च लाग्ने अनुमान गरिएको प्रचार सयोजक लालवहादुर भट्टले बताए । त्यस्तै यो तीन दिनको अवधीमा टिकट र पार्किङबाट संकलन हुने रकम सबै सामाजिक काममा लगाइने कपिल रेग्मीले बताए ।  फुट फेष्टीवलमा विशेष गरी विभिन्न आदिवासी जनजातिहरुको खाना संगै अन्य विदेशीखानाहरु समेत गरिु ६० वटा स्टल फुटफेष्टिबलमा राखिने फेष्टिबल संयोजक गोकर्ण गिरीले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया