Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रगती निमावीको बार्षिकउत्सव

बुटवल २६ माघ – बुटवल १३ प्रगतीनगर स्थित प्रगती निमावीको १६ औ बार्षिक उत्सव तथा अभिभावक दिवश आईतवार सम्पन्न भएको भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षनारायण सारुको अध्यक्षता र जिल्ला शिक्षा कार्र्यालय रुपन्देहीका उपसचिव टिकाराम अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रगतीनगर बस्ती विकास तथा प्रवन्ध समितिका अध्यक्ष तथा विद्यालयका  सल्लाहकार मनोज राना, विद्यालयका प्रध्यानाध्यापक शिव कुमारी अर्याल, सल्लाहकार किसन थापा,कृष्ण व जिसी,कालिका उच्च् मावीका घनश्याम पाठक, उजिरसिंहका महमद खां, न्यू होराईजनका बासुदेव अर्याल,अपभभावक अर्जुन कार्की, शिक्षक दिगविजय थारु,गंगा महत, देविमाया सिंजाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 सो अवसरमा संचार क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार विक्रम खड्का , लामो समयदेखि कार्यरत शिक्षक दिगविजय थारु, शिक्षिका गंगा महत र देविमाया सिंजाली , कर्मचारी हरि व केसी , आर्थिक सुहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिल्यका प्रअ अर्यालले आर्थिक प्रतिवेदन सार्वजनिक गरेकी थिईन । एक जना मात्र स्थायी दरवन्दी रहेको सो विद्यालयमा  ५२० जना विद्यार्थी अध्ययनरत छन ।

0 comments

तपाईंको प्रतिकृया