बस दुर्घटनामा १३ जनाको मृत्यु
पाल्पा २३ माघ । पोखराबाट बुटवल जाँदै गरेको बस पाल्पामा दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । लु १ ख ४९२४ नम्बरको बस पाल्पाको चिरीपानी गाविस वडा नम्बर २ मा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ७ जनाको उद्धार गरिएको छ । उनीहरुको पाल्पा मिसन अस्पताल र लुम्बिनी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
राति दुर्घटना भएकाले अहिले उद्धार कार्य जारी राखेको र मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रातिको समय र जंगलमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको र अहिले पनि दुर्घटनास्थलमा प्रहरी र स्थानीयबासीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया