Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मगर संस्कृति महोत्सवको तयारी

बुटवल, १५ फागुन । मगर कला र संस्कृती संरक्षण मञ्च नेपालको अयोजनामा बुटवल  प्रथम ऐतिहासिक ‘मगर राष्ट्रिय सास्कृतीक मेला–२०७०’ हुने भएको छ ।
यहि चैत्र २६ गते देखि ३० गते सम्म आयोजना हुने मगर संस्कती मेला–२०७० मा मगर कला र संस्कृतीको बारेमा  अवलोकन गराउने आयेजकले बताएका छन ।  मेला  अवलोकनका लागि प्रतिव्यक्ति रु ३५ टिकट दर राखिएको छ  ।  मेला बुटवल १२ रामनगर स्थित बुटवल मण्डपमा गरिने बताइएको छ ।
मञ्चका संयोजक रोेशन गलामी मगरले लोप हुन लागेको मगर संस्कृतीको उत्थान, संरक्षण तथा प्रर्वद्धनको लागि मेला आयोजना गरिएको गरिएको जानकारी दिए । मेलामा विशषगरी, घाटु नाचको प्रर्दशन रहनेछन । यसको अलवा मसौने, बाह््रमासे घाटु,  सारेठी,  छर्रा, थाली, ख्याली, झ्युरा, कौडा, नाच समेत प्रर्दशन गरीने आयोजाले जनाएको छ ।
मेलामा ६८ जिल्लाका मगरहरुको भेषभुषा, कला संस्कृतिहरुको प्रदर्शनी गरिने छ ।  मेलामा सति घाटु नाच, सोरठी नाच, थाली नाच, सिस्नो नाच, पैसारु नाच, हुर्रा नाच, सोखी नाच लगाएतका ५७ प्रकारका नृत्यहरु रहेने  मेला आयोजनक समितिका संयोजक रोसन गलामी मगरले जानकारी दिए ।
त्यस्तै मेलामा खुल्ला दोहोरी गित प्रतियोगिताको समेत आयोजना गरिने छ । सर्वाधिक पुरस्कार राखी रहेको दोहोरी गित प्रतियोगितामा प्रथम हुनेले ९० हजार तथा द्धितिय हुनेले ५० हजार नगद प्राप्त गर्ने मगरले बताए ।
 त्यस्तै मगरहरुको कल्चरका आधारमा प्रस्तुत गरिएको नृत्यबाट प्रथम हुनेले ५० हजार तथा द्धितिय हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । मेलामा २० लाख १० हजार खर्च लाग्ने आयोजकले जनाएको छ । मेलामा मगर सम्बन्धी विभिन्न परम्परागत सामग्री, प्राकृतिक  पिङ, औजारहरु तथा अन्य गरी ७० भन्दा बढि स्टलहरुको सहभागिता रहने मन्चका महासचिव प्रेम राहादीले जानकारी दिए । मेलामा लोकगायीका टिका पुन, मुना थापा, जमुना श्रीस, पवित्रा घर्तिमगर, कृष्ण थापा मगर, बलविर थापा मगर लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ ।

0 comments

तपाईंको प्रतिकृया