Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तिलोत्तमा माबिको स्वर्ण महोत्सव शुरु

बिद्यालयलाइ नमूना बनाइने
बुटवल, १ फागुन – तिलोत्तमा माध्यमिक बिद्यालय बुटवल ८ को स्वर्ण महोत्सव शुरु भएको छ । एक हप्तासम्म बिभिन्न कार्यक्रम गर्दै जारि रहने स्वर्ण महोत्सवको बिहिबार रुपन्देहीका जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद अधिकारीले एक समारोहका बिचमा उद्घाटन गरे  ।
उनले  बिद्यालयको भौतिक संगै शैक्षिक स्तरबृद्धि गरेर सबैको साझा बिद्यालय बनाउनुपर्नेमा समेत जोड दिए ।पुर्व बिधायक सूर्य प्रसाद प्रधानले बुटवल क्षेत्रमा शिक्षाको बिकासका लागि तिलोत्तमाले योगदान गरेको बताए ।
 बिद्यालयका प्राचार्य तथा सदस्य सचिब बाबुराम बिश्वकर्माले बिद्यालयलाइ समयानुकूल परिवर्तनको खांचो रहेको भन्दै बिद्यालयका धेरै योजनाहरु रहेपनि आर्थिक समस्याले अघि बढ्न असहज भएको उल्लेख गरे  । उनले  सबैको साथ र समर्थन रहेमा तिलोत्तमा यस क्षेत्रको नमूना बिद्यालय बन्न सक्ने बताए ।
स्वर्ण महोत्सव मूल समितिका संयोजक चित्रमान गौचनको अध्यक्षता तथा पूर्व बिद्यार्थि समाजका अध्यक्ष मनोज भट्टराइको संचालनमा भएको कार्यक्रमका अबसरमा बिश्व हिन्दु महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताथ जिल्ला अध्यक्ष गणेशमान सैंजु,बिद्यालय ब्यबस्थापन समितिका  अध्यक्ष रुक्माङ्गत काफ्ले,मूल समितिका सह—संयोजक धुब्र कुमार तुलाचन, ,उपसचिब सुवास पन्त,पुर्व अध्यक्ष भिम तुलाचन,उजिर सिंह माबिका प्राचार्य मोहम्मद मोहबुब खां,श्रोतब्याक्ति दुर्गादत्त शर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अबसरमा एसएलसी २०६९ मा उत्कृष्ट अंक ल्याउने ५ जनालाइ मेडल सहित सम्मान गरिएको थियो । त्यस्तै गरि बार्षिक परिक्षाका उत्कृष्ट बिद्यार्थिलाइ पनि पुरस्कार बितरणका साथै २ जना जेहेन्दार तथा बिपन्न बिद्यार्थिलाइ छात्रबृत्ती बितरण गरिएको थियो । स्वर्ण महोत्सव अबधिभर अन्तर माबि स्तरिय शैक्षिक ,खेलकुद, सांस्कृतिक कार्यक्रम, बिद्यार्थि तथा सहयोगीलाइ सम्मान तथा पुरस्कार बितरण,‘तिलोत्तमाका स्वर्णीम यात्राहरु’ नामक स्मारिकाको बिमोचन गर्ने कार्यक्रम रहेको बिद्यालयका  प्राचार्य बाबुराम बिश्वकर्माले जानकारी दिए । 



0 comments

तपाईंको प्रतिकृया