विद्युतिय रेल मार्ग निर्माणमा अवरोध हुने संकेत
रुद्रहरि कुंवर
बुटवल २३ माघ
सरकारको महत्वकाक्षी मेची महाकाली विद्युतिय रेल मार्ग निर्माण प्रोजेक्टमा अवरोध आउने संकेत देखीएको छ । मुआव्जा लगायतको विषयमा सम्भावित प्रभावित स्थानीयहरुले विरोध गर्ने बताएका छन ।
पुर्व मेची देखी पश्चिमको गड्डा चौकी सम्म विद्युुतिय रेलमार्गको लागी सरकारले प्रकृया शुरु गरिसकेको छ ।
केही जिल्लामा चालु आर्थिक वर्ष देखी जग्गा अधिकरण गरिने वताइएको छ । रेल मार्गको ट्याक पुर्व पश्चिम राजमार्ग देखी ३ किलोमिटर देखी ३ सय मिटर सम्म रहने छ । रेल मार्ग ५० मिटर चौडा हुनेछ ।
सार्वजनिक निजी साझेदारी (थ्रि पि)अवधारणा अनुसारको उक्त मेघा प्रोजेक्टका लागी ८ सय अर्व रुपैया लाग्ने अनुमान गरिएको छ । रेल मार्गको लम्वाई १ हजार ३ सय १८ किलो मिटर हुनेछ । गौतमवुद्धको जन्मस्थल तथा अन्तराष्ट्यि पर्यटकिय स्थल लुम्विनी समेत जोडने उक्त ट्याक्क खोल्न सरकारले प्राथमिकता दिएको छ ।
जसका लागी दÔिण कोरियाली कम्पनी दोह्वा इन्जिनियरिङको परामर्समा तम्सरिया – बुटवल – भैरहवा खण्ड लागि अनुबंध प्राप्त भएको वताईएको छ ।
यस क्षेत्रमा करिव ३ महिना अघि नै प्रारम्भिक सर्वे भईसेको छ ,भने वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन समेत सम्वन्धीत कार्यालयमा पुगि सकेको वताइएको छ ।
यद्यपी बुटवलका प्रभावित स्थायिले भने वातवरणीय प्रभाव अध्ययन प्रकृया पुरा नभई प्रतिवेदन भौतिक तथा योजना मन्त्रालयमा पुगेको बताएका छन । बुटवल कालिका नगरका स्थानिय वासिन्दा तथा प्रस्तावित रेलवे पिडित संघर्ष समितीका सचिव नारायण प्रसाद पन्थले आफूहरुलाई कुनै जानकारी नदिएको बताए ।
‘सर्वे भई सकेछ, इआईए प्रतिवेदन पनि तयार भईसकेको रहेछ, हामीलाई थाहै दिईएन ।’ उनले भने– प्रभावितसंग सार्वजनिक सुनुवाई तथा अन्तक्रिया हुनु पर्दथ्यो हामीलाई थाहै दिएन इन्टरनेट सर्च गरेर हेर्दा पो थाहा भयो प्रकृया अघि वढि सकेको रहे छ ।’ आफ्नै घरको छतमा पुगेर सर्वे गरिएपनि कालिका नगरका कतिपयलाई सर्वे गरेको जानकारी नै नपाएको बताए । के को लागी सर्वे भएको पत्तो नपाएको बताए । वुटवल १२ कालिका नगरका विमल ढकालले भने– मेरो घरको छत वाट सर्वे गरेका हुन के का लागी हो भन्दा रेल्वे लाईनको लागी हो भने वढि जानकारी दिनै मानेनन ।’ स्थानिय नेत्र बहादुर पाण्डेले आफूहरु विकास विरोधी नभएको बताउदै कालिका नगरवासी वढि प्रभावित हुने भएकाले विरोध गर्न वाध्य भएको बताए । रेलवे ट्याक खोल्दा कालिका नगरका करिव १ हजार घर धुरी प्रभावित हुने अनुमान गरिएको छ । नगरपालिकाले रेलवे लाईन विस्तारको विषयमा जानकारी नदिएको स्थानीयको गुनासो रहेको छ ।
संघर्ष समिती गठन
बुुटवल कालिका नगरमा रेल्वे स्टेशन हुने प्रस्ताव गरिएपछि त्यहाका बासिन्दा आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।
वुटवल १२ र १३ कालिका नगरका स्थानिय वढि प्रभावित हुने देखिएपछि स्थानिय वासिन्दा संघर्ष समिती वनाएर आन्दोलनमा उत्रिने तयारी गरेका छन । वुधवार बसेको बुटवल १२, र १३ कालिकानगरको भेलाले विष्णु प्रसाद चापागाईको अध्यक्षतामा १५ सदस्यीय प्रस्तावित रेलवे पिडित संघर्ष समिती गठन हो ।
जसको उपाध्यक्षमा विष्णु प्रसाद पोख्रेल, सचिवमा नारायणप्रसाद पन्थ, कोषाध्यक्षमा टेकराज भट्टराई, सहसचिवमा सन्तोष गौतम रहेका छन । त्यसै गरी सदस्यहरुमा नेत्र वहादुर पाण्डे, चेतनप्रसाद न्यौपाने, सिता शर्मा ज्ञवाली, डम्वर कुमारी पुन, वलु पुन , दिपक गुरुङ, प्रेम पुन, पिसन पुन, अशोक गुरुङ र तारानाथ भट्टराई रहेका छन । वुधवार भएको भेलामा २ सय ५१ ज्नाका उपस्थिती थियो । उनिहरुले कुनै हालतमा रामनगरमा रेलवे स्टेशन राख्न नदिने चेतावनी दिए ।

0 comments
तपाईंको प्रतिकृया