१७ सय युवालाई सीपमुलक तालिम दिईने
बुटवल २९ माघ– रोजगार कोषले सन २०१४ मा पश्चिमाञ्चल क्षेत्रका १७ सय युवालाई सीपमुलक तालिम प्रदान गर्ने जनाएको छ । कोषले ११ सय अति विपन्न युवहरुलाई सीपमुलक तालिम र रोगजारी तथा ६ सय युवाहरुलाइ उद्यमी वनाउने तालिम दिन लागेको जनाएको हो ।
रोजगार कोष÷हेल्भेटास स्वीस इन्टरनेशनल नेपालका कोमल भट्टले वुधवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा १८ देखी ४० वर्षका युवाहरुलाई रोजगारी तथा स्वरोजगार वनाउन तालिम दिन लागेको जानकारी दिए । रुपन्देही जिल्लाका तिन सय युवालाई तालिम दिन लागेको जनाईएको छ ।
सन २००८ देखी २०१३ सम्म मुलुकभरका ८० हजार युवालाई तालिम दिएको जानकारी दिदै भट्टले पश्चिमाञ्चल क्षेत्रमा ९ हजार युवा तालिमवाट लाभान्वित भएको बताए । रुपन्देही जिल्लामा मात्र २ हजार ६ सय वढि युवा लाभान्वित भएको रोजगार कोष÷हेल्भेटास स्वीस इन्टरनेशनल नेपालले जनाएको छ । कोषले विपन्न युवाको तलिम तथा रोजगारी एवं युवा उद्यमशीलता प्रवद्र्धनका लागी प्रतिव्यक्ती ५० हजार रुपैया लगानी गर्ने जनाएको छ । स्थानिय तालिम प्रदायक संस्थासंग सम्झौता गरी तालिम दिइने अनुगमन तथा मुल्याङन संयोजक भानु पण्डितले जानकारी दिए । उनका अनुसार यस क्षेत्रका केही तालिम दिने संस्थासंग सम्झौता भईसकेको छ भने प्रकृयामै रहेको छ ।

0 comments
तपाईंको प्रतिकृया