Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मन्त्रालय बाँडफाँडमा कुरा मिलेन

काठमाडौं ११ फागुन । मन्त्रालय बाँडफाँडको विषयमा  नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छलफल विना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री सुशील कोइराला एमालेलाई गृह मन्त्रालय दिन सहमत भएपछि आईतवार साझ दुई दलको वार्ता टोलीवीच छलफल भएको थियो । मन्त्रालय बाँडफाँड तथा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भए पनि कुनै सहमति नभएको छलफलमा सहभागी एक नेताले बताए ।
यसैविच नेपाली कांग्रेस गृह मन्त्रालय दिन सहमत भएपछि नेकपा एमाले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले कांग्रेससँग भएको सातबुँदे सहमति अनुमोदन गर्दै उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।
बैठकले कांग्रेस सहमति कार्यान्वयन गर्न तयार भए पूर्व निर्णय अनुसार उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय भएको बताईएको छ ।
बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला एमालेलाई गृह मन्त्रालय दिन सहमत भएको जानकारी गराएका थिए ।

0 comments

तपाईंको प्रतिकृया