Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कतारी श्रममन्त्री र एमाओवादी अध्यक्ष प्रचण्ड विच भेटवार्ता

काठमाडौं, ८ फागुन। कतारका श्रममन्त्री डा. अव्दुलाहा सलेह अल खुलैफी र चार दिने कतारी भ्रमणमा रहेका एमाओवादीका अध्यक्षविच बिहिबार बिहान भएको भेटवार्ता भएको छ  ।
  भेटमा नेपाली श्रमकिहरुको विषयमा छलफल भएको थियो । अर्धदक्ष र अदक्ष मजदुरहरुको पहिलो आकर्षणका रुपमा रहेको कतारमा नेपाली श्रमिकहरुले भोगेका समस्याहरुका बारेमा छलफल तथा परामर्श गर्न पुगेका प्रचण्डलाई कतारी मन्त्री अव्दुल्लाहले नेपाली श्रमिहरु पहिलो प्राथमिकतामा भए पनि अर्धदक्ष भएका कारण समस्या आएको बताए ।
 ‘नेपाली श्रमिकहरु कतारको रोजगारका लागि पहिलो प्राथमिकतामा छन्,’प्रचण्ड र कतारी श्रममन्त्रीबीचको भेटवार्तालाई उद्धृत गर्दै भ्रमण दलमा सहभागि प्रचण्डका स्वकिय सचिव तथा एमाओवादी केन्द्रिय सदस्य चुडामणी खड्काले  भने,‘तर अदक्ष नेपाली कामदारका कारण केही समस्या आएको छ,तपाइहरुले कामदारहरुको दक्षता अभिबृद्धिका लागि ध्यान दिनुपर्यो ।’
जवाफमा प्रचण्डले नेपाली कामदारहरुको दक्षता अभिबृद्धिका लागि आफुले सक्दो पहल गर्ने जानकारी गराउँदै नेपाली मजदुरहरुको सेवा सुविधा र संख्या बढाउन माग गरेका थिए  । प्रचण्डले नयाँ र साना कम्पनीमा लेवर कानून लागु गर्नु पर्ने विषयमा पनि जोड दिएका थिए । प्रचण्डको धारणाप्रति सकारात्मक सकारात्मक देखिएका श्रममन्त्री डा। अव्दुल्लाहले नेपाली मजदुरहरुको समस्याप्रति कतारी सरकार गम्भिर रहेको धारणा राख्दै कामदारलाई पठाउने नपाल सरकारको झन्झटिलो प्रक्रियाका कारण केही असजिलो भएको बताएका थिए । कतारमा रहेका नेपालीहरुको संगठन जनप्रगतिशिल मञ्चको निमन्त्रणामा बुधबार कतार पुगेका प्रचण्डले आजै कतारका प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताईएको छ । अध्यक्ष प्रचण्ड नेपाली मजदुरहरुसँग अन्तक्रिया गरि शनिबार स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

0 comments

तपाईंको प्रतिकृया