Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अधिकारी महासेनानीमा बढुवा

काठमाडौं  २३ माघ।  नेपाली सेनाका उपसेनानी यमबहादुर अधिकारी महासेनानीमा बढुवा भएका छन।
एमाओवादीका पूर्व लडाकूहरु अधिकारीकै नेतृत्वमा नेपाली सेना समायोजन भएको थिए । अधिकारी हाल राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयमा कार्यरत छन् ।
 मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीको बढुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । सेना समायोजन सम्वन्धी सहमति अनुसार नै अधिकारीको बढुवा भएको हो । दलहरुबीच समायोजनमा गएका पूर्व लडाकूमध्ये अधिकृतको तालिम पूरा गर्नेमध्येबाट एक जनालाई महासेनानी बनाउने सहमति भएको थियो, जुन पूर्व लडाकूले पाएको सबैभन्दा ठूलो पद हो । मन्त्रिपरिषद् बैठकले सहायकरथी रमीन्द्र क्षेत्रीलाई मानार्थ उपरथीमा बढुवा गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया