Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संगम र समा्रट विजयी

दिपक  न्यौपाने
बुटवल ५ फागुन ।
वुटवलमा जारी राष्ट्रिय ए डिभिजन जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तरगत सोमवार सम्पन्न खेलमा मोरङको समा्रट स्पोर्टटिङ  क्लव र कास्किको संगम क्लव विजयि भएका छन ।
 समुह ख अन्र्तरगतको खेलमा मोरङले सिराहाको हिमकस्तुरि क्लवलाइ १–० ले पाखा लगायो  ।अघिल्लो चरणमा प्रवेशका लागि जित निकाल्नै पर्ने दवावमा देखिएका दुवै क्लव शुरुवातदेखिनै आका्रमक खेल पस्किरहेका थिए ।तर पहिलो हाफमा रामा्रे मुभ वनाएको मोरङको समा्रटका केहि प्रयास विफल रहे ।दोसा्रे हाफमा सुधारिएको खेलप्रदर्शन गरेको हिमकस्तुरिसामु मोरङले ४९ औ मीनेटमा अग्रता लियो । सिराहाका रक्षात्मकपक्तिलाइ वल विट गरि विरेन थापाले गोल गरे ।
खेलमा सिराहाको हिमकस्तुरिका तर्फवाट दिनेशकुमार चौधरिले पहेलो कार्ड पाएका थिए ।त्यस्तै दोसा्रे खेलमा कास्किको  संगम क्लवले चितवनको नारायणगढ फुटवल क्लवलाइ २–० ले पराजित गर्यो ।लगातार जित निकाल्दै आएको कास्किको यो जित सगै स्पष्ट ९ अकं भएको छ ।उपाधिको दावेदार मध्ये एक मानिएको पोख्रेलि क्लवले सधै जस्तै सोमवार पनि लोभलाग्दो खेल पस्किएको थियो ।तर विचविचमा फितलो प्रहार संगमका प्रशिक्षक माया गुरुङका लागि टाउको दुखाइ भएको थियो ।तरखेलको  ४० औ मिनेटमा राकेश गुरुङले गोल गरि टोलिलाइ १–० ले अगाडि वढाए ।
संगम क्लवकासामु दवाव महशुस गरेको चितवनको टिमले भने पाएको केहि मौकालाइ समेत सदुपयोग गर्न सकेन । खेलको ७४ औ मिनेटमा आकर्षक फिनिसिङमा किरण गुरुङले गोल गरे र टोलि २–०ले अगाडि वढ्यो । पहिलो हाफको तुलनामा दोसा्रे हाफ निकै प्रतिस्पर्धात्मक र रणनितिमय देखिन्थ्यो । यो जित सगै कास्कि सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना लगभग पक्का जस्तै छभने मोरङ पनि समुह ख वाट सेमिफाइनलमा पुग्ने अर्को टोलि वन्ने सम्भावना वढेर गएको छ ।यसअघि समुह कवाट रुपन्देहिको इन्टर स्पोर्टस क्लव र झापाको मुनाल क्लव सेमिफाइनलमा प्रवेश गरिसकेका छन।प्रतियोगिता अन्र्तरगत मंगलवारको पहिलो खेल सिराहाको हिमकस्तुरि क्लव र कास्किको संगम तथा दोसा्रे खेल कैलालिको मदरल्याण्ड र मोरङको समा्रट स्पोर्टिङ क्लवका विचमा खेल हुने प्रचार प्रसार समितिका सयोजक वुद्धि गुरुङले जानकारी दिए । 

0 comments

तपाईंको प्रतिकृया