Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पत्रकार पुरस्कृत , पुर्व अध्यक्ष र प्रेस स्वतन्त्रता सेनानी सम्मानित

बुटवल,१० फागुन ।  विभिन्न पत्रकारिता पुरस्कारवाट रुपन्देहीका १० जना पत्रकारहरु पुरस्कृत भएका छन् ।  नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्नुको साथै  शाखाका पूर्व अध्यक्षहरु तथा प्रेस सव्तन्त्र सेनानी र अग्रज पत्रकार महिलाहरुलाइ सम्मान गरेको छ ।
महासंघले बुटवल नगरपालिकाको सहयोगमा स्थापना भएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०६७ बाट पत्रकार यमलाल भुसाल, २०६८ बाट मुकेश पोखरेल र २०६९ बाट भवानीप्रसाद पाण्डेलाई पुरस्कृत भएका छन ।  पुरस्कारको राशी जनही १५ हजार रुपैंया रहेको छ ।   पुरस्कारहरु नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले प्रदान गरेका हुन् ।

त्यसै गरी  नेपाल पत्रकार महासंघ रुपन्देही र सिद्धार्थ नगरपालिकाको सहकार्यमा स्थापना भएको सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मनोरञ्जन शर्मा, टिपी भुसाल, मुकेश पोखरेल, रेखा भुसाल, श्यामशंकर पाण्डे, दिपेश पछाई, शम्भु पन्त र ईन्दिरा अर्याललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी  ५ हजार रुपैंया रहेको छ ।

सोही समारोहमा पुर्व अध्यक्षहरु बाल कृष्ण चापागाई, विनोद पहाडी ,हरि लम्साल, डिआर घिमिरे, मोहन चापागाई लाई सम्मानित गरिएको थियो । त्यसै गरी  प्रेस स्वतन्त्रता सेनानी कर्ण वहादुर कार्की, अर्जुन ज्ञवाली, दिल शाहनी, पण्डित बाबुराम भट्टराईलाई  सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो। त्यसै गरी अग्रज महिला पत्रकारहरु कमला कुवँर, माया गौतम, शुशिला प्रधानाङ्ग र दुर्गा पौडेललाई  सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

यस्तै आगामी वर्षदेखि प्रदान गरिने गरी बुटवल पव्लिक स्कुल शंकरनगरले बुटवल पव्लिक शिक्षा पत्रकारीता अक्षय कोषको स्थपना गरेको छ ।  स्कुलका प्राचार्य हेमलाल शर्माले एक लाख एक हजारको चेक महांसघका अध्यक्ष दीपक ज्ञवालीलाई प्रदान गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया