कर्मचारी युनियनका उपाध्यक्षलाई विदाई
भैरहवा, २५ माघ । नेपाल कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले शनिवार भैरहवामा एक कार्यक्रम गरि जिल्लाबाट अन्यत्र सरुवा भएर जान लागेका सो संगठनका केन्द्रिय उपाध्यक्ष लगाएतको टिमलाई बिदाइ गरेको छ ।
रुपन्देहीमा लामो समय काम गरेर नया ठाउमा सरुवा भएर जानलागेका हरुलाई बिदाई गरिएको नेपाल कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले जनाएको छ । भुमि तथा जलस्रोत बिकास समिति रुपन्देहीको कार्यालयमा कार्यरत संगठनका केन्द्रिय उपाध्यक्ष बिष्णु रायमाझी ,जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कार्यरत लेखा अधिकृत गोकुल अर्याल, जिल्ला अदालतमा कार्यरत श्रीधर भट्टराई , जिल्ला निर्बाचन कार्यलय रुपन्देहीमा कार्यरत महेन्द्र पुरी लगाए छ जनालाई बिदाई गरेको जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष गोकुल रिजालले जानकारी दिए । कार्यक्रममा लुम्बिनी बिकास कोष बाट सेवानिबृत हुनुभएका उपसचिव प्रेमनारायण खनाललाई समेत बिदाई गरिएको थियो ।
जिल्ला बाट स्थानिय बिकास मन्त्रालय सरुवा भएर जान लाग्नु भएको सो संगठनका केन्द्रिय उपाध्यक्ष बिष्णु रायमाझीले आफुहरु जहा गए पनि नेपाल सरकारको नियम भित्र रहेर जनताका काममा दत्त चित्त भएर लागिरहने बताए । जिल्ला मालपोत कार्यलय नबलपरासी जान लागेका भएका गोकुल अर्यालले आफुहरु जहा भएपनि जनताको सेवामा निपक्ष रुपमा लाग्नु पर्ने बताए । नेपाल कर्मचारी युनियन जिल्ला सचिव मोहन नेपालको सञ्चालन र जिल्ला कोषाध्यक्ष ओम प्रकास पन्थीको स्वागत तथा बिदाई मन्तव्य व्यक्त गरेक थिए ।

0 comments
तपाईंको प्रतिकृया