मिस बुटवलको सहयोगी संस्था र व्यक्तिलाई सम्मान
बुटवल, २७ माघ । मिस बुटवल प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याएका विभिन्न संघसंस्था र व्यक्तिलाई सोमबार सम्मान गरिएको छ । मिस बुटवलको आयोजक संस्थाहरु बुटवल फेसन डट कम र एस अर एस प्रालिले संयुक्त रुपमा सोमबार एक समारोहबीच सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एमाले रुपन्देही उपाध्यक्ष शिव सुवेदी,एमाले नेता भीमबहादुर श्रेष्ठ,प्रतियोगिता संयोजक निरज लिगल र बुटवल फेसन डट कमका सिजन हितानले सहयोगी संघसंस्था,विभिन्न सञ्चारमाध्यम,सञ्चारकर्मीलगायतलाई प्रशंसापत्र र मायाको चीनो प्रदान गरी सम्मान गरेका थिए ।
प्रमुख अतिथि सुवेदी,खिम थापा लगायतले नारीहरुको सशक्तिकरणका लागि यस्ता प्रतियोगिता सहयोगी हुने धारणा राखे । यस्तै मिस बुटवल उपाधि विजेता करुणा खड्का,सेकेण्ड रनर्सअप कविता भारती,सुस्मिता गौतम र निरु आलेले प्रतियोगिताले आफूहरुमा अभिव्यक्ति कला,व्यक्तित्व विकास, नेतृत्व विकास, आत्मविश्वास, सकारात्मक सोंच र सामाजिक भावना जस्ता थुपै्र कुराहरु सिक्ने र कमी कमजोरी सुधार्ने अवसर प्रदान गरेको धारणा राखे ।
सो अवसरमा आयोजकले मिस बुटवलकी प्रतियोगी सुस्मिता गौतमलाई बेस्ट फेमिना र निरु आलेलाई बेस्ट लिडर घोषित गरेका थिए । एस अर एस प्रालिका प्रबन्ध निर्देशक अमृत बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुस्मिता गौतम,असीम हितान,अस्मिता गुरुङले गीत तथा ट्राभलर क्रिउका कलाकारले बी बोइङ नृत्य प्रस्तुत गरेर सहभागीलाई मनोरन्जन प्रदान गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया