माग पुरा नभएपछि डा. केसी फेरि अनशनमा
काठमाडौं २५ माघ । शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी फेरि आमरण अनशनमा बसेका छन् । सरकारले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै केसी शनिबार ४ बजेबाट अनशनमा बसेका हुन् । अनशन सुरु गर्नु अघि केसीले राष्ट्रपतिलाई भेटेका थिए ।
वरिष्ठताको आधारमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम०को डिन नियुक्त गर्नेसहितको सहमतिपछि केसीले माघ १० गते १४ दिन लामो अनसन तोडेका थिए । अनसन तोडेपछि अस्पताल भर्ना भएका केसी पूर्णरुपमा स्वस्थ्य नहुँदै फेरि असनसनमा बसेका हुन् ।
आइओएमको डिन नियुक्ति लगायतका विषयमा जनभावना विपरित तथा सरकारले दिएको निर्देशन अवज्ञा गरेको भन्दै केसीले त्रिवि पदाधिकारीहरुको बर्खास्ती गरी कारवाहीको माग गरेका छन् ।
आइओएमका तत्कालिन डिन प्रकाश सायमीलार्ए पुनः नियुक्ति गर्नु पर्ने र उनले नमानेमा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने र देशभरका शैक्षिक तथा प्रज्ञिक निकायमा राजनीतिक भागवण्डाका आधार नभई वरिष्ठता आधारमा पदाधिकारी नियुक्त गर्ने व्यवस्था लागू गर्ने पर्ने केसीको माग छ ।

0 comments
तपाईंको प्रतिकृया