Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रेस यूनियनको अध्यक्षमा खड्का

बुटवल  ९ फागुन । नेपाल प्रेस यूनियन रुपन्देहीको सातौं जिल्ला अधिवेशनले विक्रम खड्काको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन गरेको छ ।
 समितिका उपसभापतिमा रेखा भुसाल, सचिवमा कविन्द्र नेपाल,सह–सचिवमा झविन्द्र देवकोटार कोषाध्यक्षमा प्रविनकुमार गाहा निर्वाचित भएका छन ।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा अमृत पाण्डेय,कपिल ज्ञवाली, हरि पाण्डेय, चण्डी बस्याल,दिनेश खड्का, राधेश्याम वि.क, रमेश अर्याल र कल्पना तिवारी रहेका छन् । सदस्यहरु सर्वसम्मत रुपमा चयन भएपनि अध्यक्ष, उपाध्यक्ष, सचिव,सहसचिव पदमा भने चुनाव नै भएको थियो । अध्यक्षमा टिपि भुषाल,उपाध्यक्षमा तेजेन्द्र केसि,सचिवमा दीपक घिमिरे र सहसचिवमा मिना ढकालले प्रतिसपर्धा गरेका थिए ।
केन्द्रीय पार्षदमा भने सर्वसम्मत रुपमा चयन भएको हो ।
 पार्षदमा हरि लम्साल, माधव नेपाल, डायलसन अधिकारी, मुक्तिनाथ गैह,निर्मल ढुंगाना, महेन्द्र थापा, गोविन्द खनाल, दामोदर खनाल,रामराज पोखरेल, डिल्लीनारायण पाण्डे, जीवनारायण अधिकारी, भवानीप्रसाद पाण्डे, खिमानन्द भट्टराई, यमलाल भुसाल,हरिष ढकाल,सी.पी. खनाल र खेमराज रेग्मी रहेका छन् ।

0 comments

तपाईंको प्रतिकृया