महायज्ञमा १ करोड १० लाख संकलन
बुटवल, २३ माघ । शिबपुरी पितृस्मृति धाम निर्माणार्थ बुटवल १४ तामनगरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा १ करोड १० लाख बराबरको आर्थिक संकलन भएको छ ।
महायज्ञ संचालनको पांचौ दिन बुधबारसम्म १ करोड ९ लाख ७६ हजार बराबरको आर्थिक संकलन भएको यज्ञ सञ्चालन मूल समितिका सचिव वालकृष्ण पौडेलले जानकारी दिए ।
माघ १७ गतेदेखि जारि महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले झांकि सहितको संगितमय कथा बाचन गरेका छन । महायज्ञमा दिन प्रतिदिन भक्तजनको घुईचो लाग्न थालेको छ भने बुधबारसम्म १० हजार बढी भक्तजनले महायज्ञ स्थलमा कथाश्रवण तथा पुण्य आर्जनका लागि पुगेको महायज्ञ आयोजक मूल समितिका संयोजक उदयराज काफ्लेले जानकारि दिए ।
उक्त यज्ञमा श्रीमद्भागवत, वैदिक विधि अनुसार होमन, रुद्राभिषेक,ताण्डुलाञ्चल, तुलादान,लक्ष्यवर्ती, चौरासी पूजा, ब्रतबन्ध, ग्रहशान्ति, नारायणवली, कालसर्पयोग निवारण, पितृतर्पण तथा श्राद्ध जस्ता धार्मिक अनुष्ठाहरु पनि संचालन गरिएको पवनराज सुबेदीले बताए ।

0 comments
तपाईंको प्रतिकृया