भारतीय बजेटको प्रभावबारे छलफल
काठमाडौं १० फागुन। भारतीय बजेटले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावका बारेमा अर्थ मन्त्रालयले चासो जनाएको छ ।
मन्त्रालयले भारतीय बजेटले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र यसका निम्ति अपनाउनुपर्ने उपायका सम्बन्धमा मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरेको हो ।
अर्थसचिव शान्तराज सुवेदीले अन्तरिम व्यवस्थाका लागि ल्याइएको भारतीय बजेटले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पार्ने भएकाले तत्कालै र आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने विषयप्रति आ(आफ्ना क्षेत्रबाट तयार रही गहन अध्ययन, विश्लेषण गर्न मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिए ।
उनले भारतको कृषि उत्पादनमा सुधार आउने र कृषि वस्तुको निकासी बढ्ने र नेपालको आयातमा बढोत्तरी हुनाका साथै भारततर्फको निकासी प्रवर्द्धन गर्न कठिनाइ हुन गई व्यापार घाटामा दबाब सिर्जना हुन सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
भारतीय बजेटले लिएका समष्टिगत आर्थिक परिसूचकसम्बन्धी नीतिगत व्यवस्थालाई नेपालको सन्दर्भमा आगामी वर्षको बजेट तर्जुमाका आधारका रुपमा लिन सकिने हुनाले भारतीय बजेटले पार्न सक्ने सकारात्मक र नकारात्मक असरको समीक्षा गर्न समेत सचिव सुवेदीले निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । रासस

0 comments
तपाईंको प्रतिकृया