Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
न्यूलाईटद्धारा कराते खेलाडीलाई सम्मान

बुटवल २५ माघ– रुपन्देही शंकरनगर स्थित न्यू लाईट उच्च माविले खेल मार्फत नेपालको नाम विश्व सामु चिनाउन सफल भएको कराते खेलाडीहरुको सम्मान गरेको छ ।
अन्तराष्ट्यि, सार्क स्तरीय र राष्ट्यि स्तरको कराते प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक पाउन सफल उक्त विद्यालयमा अध्ययरत विद्यार्थीको सम्मानमा पन्चेवाजा सहितको रयाली निकाली सम्मान गरिएको थियो ।
हालै भारतको पुने शहरमा भएको अन्तराष्ट्यि एनकेएफ आई खुल्ला सिडो कराते विश्व च्याम्पीएनसिप नेपाली टिमको नेतृत्व गर्दे सन्तु थारु र मेख वहादुर जिएमले स्वर्ण पदक र विपना जिएमले रजत पदक प्राप्त  गरेका थिए । उक्त प्रतियोगितामा १५ मुलुकका ४७ टिमको सहभागिता थियो । स्वर्ण पदक प्राप्त गर्ने सन्तु थारु न्यूलाईट उमाविका पुर्व विद्यार्थी एवं हालका खेल प्रशिक्षक हुन भने  मेख वहादुर  जिएम  कक्षा ९ र विपना कक्षा ७ मा अध्ययनरत छन ।
त्यसै गरी  विभिन्न समयमा भएका करोते प्रतियोगिता अन्तर्गत सार्क स्तरीय कराते प्रतियोगितामा सिवानी वस्नेतले स्वर्ण पदक, राष्ट्यि स्तरको खेलमा सुभास भण्डारी , ताजेन्द्र वुढा, सुजन भण्डारी, प्र्रतिक्षा क्षेत्री स्वर्ण पदक तथा केशु सोमै, सुस्मा पाण्डे,सिजन पाण्डेले रजत पदक पाएका विद्यालयका कार्यक्रम संयोजक राजेन्द्र कुंवरले सुपरखबर डटकमलाई बताए ।  त्यसै गरी सरोज खनाल र चोला सोमैले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
उनिहरुको सम्मानमा  सनिवार  विद्यालयले पन्चेवाजा सहित रयाली निकालेको थियो । विद्यालय प्राङगढवाट शुरु भएको रयाली शंकरनगरको विभिन्न भाग परिक्रम पछि सोही स्थानमा आएर समापन गरिएको थियो  ।
  विद्यालय व्यवस्थापन समितीका  अध्यक्ष प्रेमवहादुर भण्डारीको अध्यक्षता बिद्यालयका कार्यक्रम संयोजक राजेन्द्र कु“वरको संचालमा भएको कार्यक्रममा  नेपाल कराते महासंघका क्षेत्रिय अध्यक्ष  भरतवहादुर केसीले राज्यले खेलाडीको सम्मान गर्न नसकेको वताए । कार्यक्रममा न्यूलाईट क्याम्पसका प्रमुख डिल्लीनारायण पाण्डे, प्राचार्य  विष्णु पौडेल, विद्यालयका संस्थापक  दिलवहादुर कार्की,  नेपाल सितेरियो कराते संघका क्षेत्रिय उपाध्यक्ष सम्झना शर्मा लगायतले नेपाली खेलाडीहरुले नेपालको नाम विश्वमा चिनाउन सफल भएको वताउदै वधाई ज्ञापन गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया