पादरी आदेशपछि चर्चमा नाङ्गै प्रार्थना, नाङ्गै विहे
अमेरिका, भर्जिनियाका एकजना पादरीले गरेको तर्कमा विश्वस्त भएपछि चर्चभित्रै नाङ्गै प्रार्थना र विहे हुन थालेको छ । भर्जिनिया, साउथएम्पटन सहरमा रहेको व्हाइट टेल चापेलका मुख्य पादरी एलेन पार्करले अनुयायीहरुलाई यस्तो अनुमति दिएका हुन् । इतिहासमा नाङ्गो प्रार्थना भएको घटना बाइबलमा पनि उल्लेख भएको दावी गर्दै उनले सिएनएनसँग भने ‘जिसस क्राइष्ट पनि नाङ्गै आएका थिए । नाङ्गै फाँसीमा चढाइएको थियो अनि धरतीबाट नाङ्गै गएका थिए ।’
उनले मानिस प्राकृतिक रुपमा नाङ्गो आएको तर भौतिकवादी जीवनयापनमा कपडा लगाउने गरेको तर्क गरेका छन् । ‘हामीलाई भगवानले नै यस्तो रुपमा सिर्जना गरे’ उनको तर्क छ ‘नाङ्गो प्रार्थना गर्दा के गल्ती भयो र ?’ उनले नाङ्गो प्रार्थनाको अनुमति दिएर सबैलाई समानताको सन्देश प्रवाह गरेको दावी पनि गरे ।
उनका अनुसार इसाइ धर्मको पुस्तक जेनिसमा आदम र इभलाई नाङ्गो अवस्थाका केटा तथा केटीको रुपमा चित्रण गरिएको छ । साथै, उनीहरुको नाङ्गोपनालाई लाजको रुपमा व्याख्या नगरिएको पनि उनको दावी छ ।
यसरी चर्चले नै नाङ्गो प्रार्थना गर्न अनुमति दिएपछि धेरै अनुयायीहरु अलमलमा परेका छन् । सबै कपडा फुकालेर जानुपर्ने हो वा वक्षस्थल र गोप्य अङ्गहरु मात्र छोप्नुपर्ने हो भन्ने विषयमा द्धिविधा देखिएको छ ।
पादरीको नयाँ व्याख्याको कारण सो चर्चमा अहिले कयौं जोडीले नाङ्गै विहे गर्न थालेका छन् । केही दिनअघि स्थानीय रबर्ट र केटी चर्च नामका जोडीले नाङ्गै विहे गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।

0 comments
तपाईंको प्रतिकृया