क्षेत्रीय भलिबलको उपाधि स्याङ्जालाई
विकाश पराजुली
बुटवल, ४ फागुन ।
लाफा समूह बुटवल १० ले आयोजना गरेकोे पश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिवल संघ स्याङ्जाले हात पारेको छ । सोमबार सम्पन्न फाइलनमा स्याङ्जाले जिल्ला भलिवल संघ रुपन्देहीलाई ३–२ को सेटले हराउदै उपाधि हात पारेको हो । उपाधि संगै उसले ५५ हजार नगद प्राप्त गरेको छ । उपविजेता रुपन्देहीले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो ।
त्यस्तै सोमबारै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नवलपरासीलाई ३–० सेटले हराउदै जिल्ला भलिवल संघ कास्की तेस्रो भएको छ । उसले नगद १५ हजार हात पा¥यो । त्यस्तै सान्त्वना भएको नवलपरासीले नगद ५ हजार प्राप्त गरेको छ । विजयी टिमहरुलाई भलिवल संघका केन्द्रीय उपाध्यक्ष यम गुरुङ, समुहका अध्यक्ष्ँ देवेन्द्र थापा, जिल्ला भलिवल संघ रुपन्देहीका अध्यक्ष्ँ विष्णु श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । त्यस्तै अनुशासन तर्फको पुरस्कार जिल्ला भलिवल संघ गुल्मीले हात पारेको छ । उसले नगद २ हजार प्राप्त ग¥यो ।
कार्यक्रम समापनको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट खेलाडिहरुलाई समेत सम्मान गरिएको थियो । खेलाडिहरुको क्षमताको मुल्याङकन गर्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बेष्ट सर्भिसमा नवलपरासीका जगदिश चौधरी, बेष्ट डिफेन्डर स्याङ्जाका मोहन गुरुङ, बेष्ट स्पाईकरमा स्याङजाकै सञ्जु शाहा सम्मानित भए । त्यस्तै बेष्ट लिफट्रमा रुपन्देहीका लोकेन्द्र भण्डारी, बेष्ट बलक्करमा स्याङ्जाका रमेश केसी, बेष्ट कुइकरमा स्याङ्जाकै काजी के.सी,बेष्ट प्लेयरमा स्याङ्जाका अमृत के.सी., बेष्ट राईजिङ प्लेयरमा नवलपरासीका जगदिश चौधरी र बेष्ट डिपिलिङमा जिल्ला भलिवल संघ सम्मानित भएका हुन ।
विभिन्न व्यक्तिहरुलाई सम्मान
बुटवल, फागुन ४ । लाफा समुहले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रिय भलिवल प्रतियोगितामा महत्वपुर्ण सहयोग गरेको भन्दै समुहले खेलाडि र पत्रकारलाई सम्मान गरेको हो ।
समुहले मेचीकाली सन्देश राष्ट्रिय दैनिकका पत्रकार विकाश पराजुली, बुटवल टुडे दैनिकका पत्रकार विश्वास ढकाल र बुद्ध टेलिभिजनका क्यामरा पर्सन कपिल अधिकारीलाई कदरपत्रबाट सम्मान गरेको छ । त्यस्तै नेपाल पुलिसका खेलाडिहरु द्वय चन्द्र कु“वर र कुल बहादुर थापालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया