कांग्रेसलाई एमालेको समर्थन
सुशील कोइराला प्रधानमन्त्री निश्चित
काठमाडौं २६ माघ । नेकपा एमालेले सरकार गठनका लागि नेपाली कांग्रेसलाई समर्थन गरे पछि कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा बसेको एमाले स्थायी कमिटीको बैठकले कांग्रेस र एमालेको संयुक्त सरकार बनाउने निर्णय गरेको हो ।
कांग्रेसले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट राजनीतिक अनुमोदन गर्ने प्रस्ताव अघि सारे लगतै एमालेले समर्थनको निर्णय गरेको हो । एमाले अध्यक्ष झलनाथ खनालले जनादेश अनुसार कांग्रेस र एमाले मिलेर सरकार बनाउने बताए ।
एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने भएको छ । बैठकले उपाध्यक्ष गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।एमाले सचिव शंकर पोखरेलले सरकारमा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको बताए ।

0 comments
तपाईंको प्रतिकृया