बजार अनुगमनले काला वजारी आतंकित
स्थायिनद्धारा थापा र कुरुङवाङको तारिफ
कमल रायमाझी
भैरहवा,४ फागुन ।
यस क्षेत्रमा तस्करी, कालाबजारी नियन्त्रणमा चासो देखाई अभियान नै संचालन गरे पछि जिल्लामा प्रहरी प्रमुख एसपी बिक्रम सिहं थापा र साहयक प्रमुख जिल्ला अधिकारीमा राम बहादुर कुरुङवाङको स्थानिय स्तरमा तारिफ हुन थालेको छ, भने कालोबजारी गर्नेहरु आतंकित भएका छन ।
नियमति रुपमा वजार अनुगमन नहुदा यस क्षेत्रमा तस्करी, कालाबजारी मौलाएको थियो । उनिहरुको सक्रियतामा अभियान नै संचालन गरे पछि स्थानिय उपभोत्ताहरुले राहतको महसुस गरेका छन ।
डर धम्की र त्रास श्रृजना गर्नेहरु एसपी र कुरुङवाङको आगमन संगै भागााभाग भएको भैरहवाका समाजसेबी सन्तप्रसाद यादव बताउछन । देशकै खाध्यान्नको भन्डारको रुपमा परिचित भैरहवाले पश्चिमाञ्चलका १६ जिल्ला लगाएका राजधानीमा समेत दैनिक उपभोग्यका समानहरु र औद्योगिक क्षेत्रहरु बाट उत्पादित समानहरुले एकाधिकार जमाएको देखिन्छ । राज्यको कुल राजस्वको ३० प्रतिशत राजस्व भैरहवा भंसार कार्यालय बाट संकलन हुने गर्दछ भने नेपालका ठुला उद्योग तथा व्यापारी प्रतिष्ठानहरु पनि यही जिल्लामा रहेका छन् ।चार वटा व्यापारी संघ रहेको रुपन्देहीमा लगभग २९ हजार व्यापारी फर्महरु घरेलु उद्योगमा दर्ता भएका छन् ।महामानब गौतम बुद्धको जन्म स्थान तथा बौध धर्मालम्बीहरुको आस्थाको धरोहर लुम्बिनी र अन्तराष्ट्रिय बिमान स्थलको निर्माण हुन गइरहेको यो क्षेत्र राज्यको एउटा मुख्य केन्द्रको रुपमा अगाडी बढिरहेको छ ।
राज्यको संरक्षण अभावमा रहेका यहाका ठुला उद्योगहरु,पर्यटन क्षेत्र,शैक्षिक क्षेत्र र सिमा क्षेत्रमा जनताले चाहे अनुसारको परिबर्तन हुन सकेको छैन । कानुनी रुपमा सरकारका ठुला करदाताका रुपमा रहेका र हजारौ जनालाई रोजगार दिएका यस क्षेत्रका प्रतिस्ठित महेन्द्र सुगर मिल, छाला उद्योग ,शान्ति घिउ उद्योग, आन्नद बिस्कुट फ्याक्ट्री, बुटवल धागो कारखाना राज्यले सहि निति नल्याउदा बन्द हुन बाध्य रहेको सिद्धार्थ उद्योग बाणिज्य संग रुपन्देहीका सदस्य नेत्र आर्चाय बताउछन् ।
राज्यको अनुगमन निकाय कमजोर देखिदा गैरकानुनीरुपमा सञ्चालीत केही फर्महरुको भने जिल्लामा फस्टाइरहेको देखिन्छ ।जसका कारण राज्यलाई ठुलो मात्रामा राजस्व बुझाउने र रोजगार श्रृजना गरेका उद्योग तथा व्यापारी प्रतिस्ठानहरुमा भनि संकटमा परेको देखिन्छ ।
पछिल्लो समयमा जिल्ला परिबर्तनका रुपमा जनता माझ लोकप्रियता कमाएका साहयक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङ र जिल्ला प्रहरी प्रमुख बिक्रम सिहं थापाको क्रियाक्लावले यहा तस्कर र अपराधीमा भागाभाग भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही स्रोतका अनुसार सायक प्रमुख जिल्ला अधिकारी कुरुङवाङ जिल्लामा आएको ८ महिनामा यहाका गैरकानुनी रुपमा सञ्चालित, ट्राभल एजेन्सीहरु, डेन्डल क्लिनिक,खाध्य पसलहरु,ग्यास उद्योग,पेट्रोल पम्प,मेडिकल स्टोरहरु, पानी डिस्टिलरीहरु,खानेतेल उद्योगहरु,सिमेन्ट उद्योगहरु,मासु पसलहरु,सुन पसलहरुमा अनुगमन गरिएको छ भने कानुनी रुपमा सञ्चालीत उद्योगलाई प्रोत्साहन र गैरकानुनी रुपमा सञ्चालीत उद्योगहरु कानुनी प्रकृया नपुराउदा सम्मका लागी शिलबन्दी समेत गरिएको छ । जिल्लामा आगमन संगै प्रहरी पहिला सुध्रिनु पर्छ भन्ने मान्यता राख्ने एसपी थापाले आन्तरिक रुपमा आफनो शुद्धिकरणलाई अगाडी बढाउदा आम जनता संग पुगेका छन् ।
गलत कार्यमा लागेका पाइएका १ दर्जन प्रहरी जवान तथा जुनियर अफिसरलाई हिरासत मै राखेर कार्बाही गरेका थापाले जिल्लाका अपराधीहरुलाई नियन्त्रणमा राख्न भने बिभिन्न अपरेशनहरु चलाएको छन् ।राजमार्ग सुरक्षा,लागुऔषद,गुण्डा अपरेशन,तस्कर अपरेशन,मापसे अपरेशन,समग्र शान्ति सुरक्षा अपरेशन को रणनिति बनाएर अगाडी बढेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
चाहै अधिकार प्राप्त मानिसले काम गर्न लाई सहज नभए पनि सकारात्मक सोचाईका साथ अगाडी बढेमा शान्ति सुरक्षा तथा गैरकानुनीरुपमा काम गर्नेहरुलाई सहि मार्गमा ल्याउन सकिन्छ भन्ने उदारण बनेका छन् रुपन्देहीका यी अधिकारीहरु । सबै निकाय यीनीहरु जस्तै भएमा संबृद नेपालको निर्माण गर्नमा कुनै ठिलाई हुने थिएन ।

0 comments
तपाईंको प्रतिकृया