राष्ट्रपतिको निर्देशनप्रति आपत्ति
काठमाडौँ, ९ फागुन । नेकपा एमाले का विष्णु पौडेलले राष्ट्रपति डा रामवरण यादवले गत माघ २७ गते वर्तमान सरकारलाई लिखित रुपमा सातबुँदे निर्देशन र सुझाव दिनुभएको भन्दै त्यस कार्यप्रति आपत्ति जनाएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा समय माग गर्दै उनले अलङ्कारिक राष्ट्रपतिले तत्कालीन राजाहरुले सरकारलाई दिएको जस्तो स्वइच्छाले निर्देशन दिनु लोकतन्त्र र संविधानको मर्मविपरीत भएको भन्दै संसद्ले यस कार्यलाई नोटिसमा लिनुपर्ने माग गरे ।
एकीकृत नेकपा माओवादीका हरिलाल ज्ञवालीले दुई वर्षको ठेक्कामा बनाउन लागिएको हुलाकी सडक चार वर्ष बितिसक्दा पनि नबनेको प्रति गुनासो गर्दै राजमार्ग छेउमा बसेका सुकुम्बासीलाई सरकारले व्यवस्थित बसोवासको व्यवस्था गर्न माग गरे ।
नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले फेरि पनि विद्युत्को महसुल २० प्रतिशत बढाउन लागेको भन्दै यसप्रति आपत्ति जनाएका थिए ।

0 comments
तपाईंको प्रतिकृया