एमाले र कांग्रेसविच मन्त्रालय वाडंफाडमा सहमती
कांग्रेस र एमालेलाई १०/१० मन्त्रालय
काठमाडौ, १२ फागुन । कांग्रेस र एमालेबीच १०र१० मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ । दुई दलविच सहमती भएपछि पछि सोमबार साँझसम्म मन्त्रिमण्डल विस्तार हुने सम्भावना वढेर गएको छ ।
दुई दलको वार्ता समिति र नेताहरुबीच आइतबार राति र सोमबार बिहान भएको छलफलमा मन्त्रालय बाँडफाँडमा सहमति भएको हो । एमालेको समर्थनमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री चुनिएका थिए ।
कांग्रेसले अर्थ, स्थानीय, सूचना तथा सञ्चार, आवास तथा भौतिक, सिँचाइ, कानुन तथा न्याय, शिक्षा, सहरी विकास, श्रम र वन मन्त्रालय पाएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ । एमालेको भागमा गृह, परराष्ट्र, ऊर्जा, युवा तथा खेलकुद, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटन, कृषि, भूमिसुधार र उद्योग मन्त्रालय परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वाणिज्य तथा आपूर्ति र मालेलाई विज्ञान तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ ।
शान्ति तथा पुनःनिर्माण, महिला तथा बालबालिका र संघीय मामिला मन्त्रालय हाललाई प्रधानमन्त्रीसँग रहने छ । सरकारमा सहभागी हुन चाहने अन्य दलका लागि उक्त मन्त्रालय राखिएको हो ।

0 comments
तपाईंको प्रतिकृया