Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मीद्वारा प्रधानन्यायाधीश पदबाट राजीनामा

 काठमाडौं २८ माघ। मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन्   ।  मंगलबार देशवासीलाई सम्बोधन गर्दै रेग्मीले संविधानले आफूलाई फेरि प्रधानन्यायाधीश बन्न बाधा नगरे पनि सर्वोच्च अदालत नर्फकने घोषणा गरेका हुन् ।
पदीय लालसाले नभई देश र जनताप्रतिको समर्पण र त्यागको भावनाका साथ आफूले मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी लिएको भन्दै उनले पुनः न्यायापालिकामा फर्की जाने भन्नेमा लाभ, हानी र दिनगन्तीको अङ्कगणितको आशक्ति भाव आफ्ना लागि अनाकर्षणको विषय बनेको बताए ।

0 comments

तपाईंको प्रतिकृया